चितवन- चार किलोमा ठूलो पहिरो खसेपछि आज पनि नारायणगढ–मुग्लिन सडक बन्द भएको छ । पहिरोका कारण मंगलबार ११ घण्टासम्म अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकमा आज पनि पहिरो गएपछि बाटो बन्द भएको हो ।
पहिरो हटाउन कम्तिमा १० बजेसम्म समय लाग्ने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । पहिरो बिहान साढे ६ बजे खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ट्रफिक प्रहरीले वैकल्पिक मार्ग अपनाउन यात्रुहरुलाई अपिल गरेको छ । हिजो मुग्लिनबाट नजिकै रहेको नाम्चीमा बिहान साढे ४ बजे गएको पहिरो अपरान्ह चार बजे मात्रै सफा भएर गाडी खुलाइएको थियो ।
पहिरोका कारण सोमबारदेखि नै नारायणगढ मुग्लिन सडकमा सहज रुपमा गाडी चल्न सकेका छैनन् । राजधानी काठमाडौंको लाइफ लाइन मानिने यो सडकमा दिनहुँ जसो पहिरो जाने गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४