आइतबार, कात्तिक ८, २०८३

सशस्त्रका हवल्दारले गरे श्रीमतीको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कञ्चनपुर- सशस्त्र प्रहरीका सहायक हवल्दारले आफ्नै श्रीमतीको हत्या गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर निवासी ३४ वर्षीय केशव कार्कीले श्रीमती सरस्वती कार्कीको हत्या गरेका हुन् ।

मंगलबार खेतमा काम गरिरहेका वेला पतिपत्नीबीच विवाद हुँदा कार्कीले श्रीमतीलाई चपराले टाउकोमा प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । चपराको प्रहारले सरस्वतीको घटनास्थमै मृत्यु भएको थियो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय दाङमा  कार्यरत कार्कीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । यसअघि पनि उनले पटक–पटक सरस्वतीलाई कुटपिट गर्दै आएका थिए ।

उनीहरबीचको सम्बन्धमा लामो समयदेखि मनमोटाव रहेको स्थानीयको भनाए छ । उनीहरुको एक छोरा र छोरी छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।