बिहीबार, माघ १, २०८२

ताइवानको हवाई क्षेत्रमा फेरि चिनियाँ सैन्य विमान प्रवेश

शुक्रबार ३८ वटा विमानहरु प्रवेश गरेकोमा शनिबार ३९ वटा विमानहरु प्रवेश गरेको बताइएको छ।
 |  आइतबार, असोज १७, २०७८

बीबीसी

बीबीसी

आइतबार, असोज १७, २०७८

ताइपेई- ताइवानले आफ्नो हवाई क्षेत्रमा फेरि चिनियाँ लडाकू विमानहरु प्रवेश गरेको बताएको छ। शुक्रबार ३८ वटा विमानहरु प्रवेश गरेकोमा शनिबार ३९ वटा विमानहरु प्रवेश गरेको बताइएको छ। 

National life

ताइवानले शनिबारको सैन्य विमानको प्रवेश अहिलेसम्मकै सबैभन्दा बढी भएको जनाएको छ। ताइवानको रक्षा मन्त्रालयले शनिबार दुई पटक गरी ३९ विमान ताइवानको हवाई रक्षा क्षेत्रमा प्रवेश गरेको जनाएको छ। 

शुक्रबार ३८ वटा परमाणु बम वर्षक विमानहरु ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका थिए। चीनले ताइवानलाई आफ्नो मुलुकको हिस्सा मानेको छ भने ताइवान आफूलाई स्वतन्त्र मुलुक दाबी गर्दै आएको छ। 

ताइवानमा पछिल्लो एक वर्षयता लगातार चिनियाँ विमानहरु घुसपैठ भइरहेका छन्। ताइवानको रक्षा मन्त्रालयका अनुसार शनिबार दिउँसो २० वटा र राति १९ वटा सैन्य विमानहर प्रवेश गरेको जनाएको छ। 

चीनले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 03, 2021| 23:35 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।