बिहीबार, माघ १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रसंघलाई उत्तर कोरियाको चेतावनी - भविष्यको असरबारे सोच्‍नू

राष्ट्रसंघलाई उत्तर कोरियाको चेतावनी - भविष्यको असरबारे सोच्‍नू

मिसाइल परीक्षणलाई तीव्रता दिँदै आएको उत्तर कोरियाले संयुक्त राष्ट्रसंघलाई भविष्यको असरबारे सोच्‍न चेतावनी दिएको छ।
 |  आइतबार, असोज १७, २०७८

बीबीसी

बीबीसी

आइतबार, असोज १७, २०७८

प्योङयाङ- मिसाइल परीक्षणलाई तीव्रता दिँदै आएको उत्तर कोरियाले संयुक्त राष्ट्रसंघलाई भविष्यको असरबारे सोच्‍न चेतावनी दिएको छ। 

National life

उत्तर कोरियाले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो मिसाइल परीक्षणको आलोचना गरेको भन्दै यस्तो चेतावनी दिएको हो। यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्‌ले उत्तर कोरियाको आलोचना गरेको थियो। 

परिषद्‌को शुक्रबारको एक बन्द कोठामा भएको आपतकालीन बैठकमा फ्रान्सले उत्तर कोरियाको मिसाइल परीक्षणप्रति चिन्ता व्यक्त गर्दै ब्यालेस्टिक मिसाइल फायरिङमा प्रतिबन्ध लगाउन प्रस्तावलाई पूर्णरुपमा कार्यान्वयन गर्न प्रस्ताव गरेको थियो। 

उक्त प्रस्तावपछि आइतबार उत्तर कोरियाको विदेश मन्त्रालयका एक वरिष्ट अधिकारी जो चोल सुले राष्ट्रसंघलाई चेतावनी दिँदै भन, 'उत्तर कोरियाको सम्प्रभुतामाथि कब्जा गर्ने कोशिस गर्नेहरुको भविष्यमा के असर हुन्छ भन्‍ने कुरा सोच्‍नुपर्छ।'

उत्तर कोरियाले राष्ट्रसंघले दोहोरो मापदण्ड अपनाएको आरोपसमेत लगाएको छ। राष्ट्रसंघले अमेरिका र अन्य सदस्य राष्ट्रहरुले गरेको यस्तो परीक्षणलाई समान रुपमा नउठाएको आरोपसमेत उत्तर कोरियाको छ। 

Laxmi sunrise bank
kumari

६ महिनापछि उत्तर कोरियाले फेरि मिसाइल परीक्षण सुरु गरेको हो। 


प्रकाशित: Oct 03, 2021| 22:40 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।