आइतबार, कात्तिक ८, २०८३

बराबरी खेल्दै फ्रान्स र डेनमार्क अन्तिम १६ मा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत जारी समुह चरणको अन्तिम खेलमा बराबरी खेल्दै फ्रान्स र डेनमार्क नकआउट चरणमा प्रवेश गरेका छन् ।

मंगलबार राती भएको खेलमा गोलरहित बराबरी खेल्दै दुबै टोली अन्तिम १६ मा प्रवेश गरेका हुन् । 

गोलका थुप्रै अवसर सृजना गरेपनि दुबै टोली जाली भने चुमाउन सकेनन् । गोलरहित बराबरी खेलेसंगै फ्रान्स समुह सीको विजेता बनेको छ भने डेनमार्क उपविजेता बन्दै प्रि–क्वाटर फाइनलमा पुगेको छ । 

यो समूहमा फ्रान्सको यसअघि नै ६ अंक थियो भने डेनमार्कको ४ अंक थियो । फ्रान्सलाई अघिल्लो चरण पुग्न सहज भएपनि डेनमार्कलाई कम्तिमा बराबरी खेल्नुपर्ने बाध्यता थियो । बराबरीमा खेल सकिएसंगै डेनमार्क पनि अन्तिम १६ मा पुगेको हो । 

क्वार्टरफाइनल प्रवेशका लागि फ्रान्सले समूह डीको उपविजेता र डेनमार्कले समूह डीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।