बिहीबार, असोज २२, २०८३

समाज परिवर्तनको बाधक जात व्यवस्था : आहुति

पुस्तकमाथि टिप्पणी गर्दै आहुतिले नेपाली समाजमा रहेको विकृति, विसङ्गति र जात व्यवस्था परिवर्तनका लागि ‘अग्नि’ महाकाव्य एउटा बहस गर्ने मोड हुने बताए।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- लेखक तथा राजनीतिक विश्लेषक आहुतिले नेपालमा समाज परिवर्तनको बाधक जात व्यवस्था भएको बताएका छन्। राजधानीमा आयोजित डा नवराज लम्सालद्वारा लिखित महाकाव्य ‘अग्नि’ लोकार्पण समारोहमा बोल्दै उनले जात व्यवस्था समाज परिवर्तनमा बाधक भएको बताएका हुन्।

पुस्तकमाथि टिप्पणी गर्दै आहुतिले नेपाली समाजमा रहेको विकृति, विसङ्गति र जात व्यवस्था परिवर्तनका लागि ‘अग्नि’ महाकाव्य एउटा बहस गर्ने मोड हुने बताए। उनले भने, ‘दलित समुदाय नेपाली इतिहासको प्रथम प्राविधिक वा वैज्ञानिक समुदाय रहे पनि जात व्यवस्थाले त्यसको सही मूल्याङ्कन भएको छैन। त्यसका लागि जात प्रथाको नै उन्मूलन हुनुपर्छ।’

साहित्यकार तथा रेडियोकर्मी डा. नवराज लम्सालको महाकाव्य ‘अग्नि’ राजधानीमा आयोजित एक कार्यक्रममा राजनीतिक विश्लेषक एवम् लेखक आहुति, साहित्यकारद्वय डा. रामप्रसाद ज्ञवाली र डा. गीता त्रिपाठीसँगै डा. लम्सालकी ६ वर्षीया नातिनी आयराले संयुक्त रुपमा सो पुस्तकको लोकार्पण गरेका हुन्।

अर्का वक्ता साहित्यकार डा. रामप्रसाद ज्ञवालीले ५० को दशकयता नेपाली साहित्यमा लेखिएका दर्जनौँ महाकाव्यका बीचमा ‘अग्नि’को विषयवस्तु परिवर्तन उन्मुख समाजको पात्र र चरित्र भएकाले सबैले पढ्नुपर्ने र समाज परिवर्तनका लागि एउटा मानक कृति हुने विश्वास व्यक्त गरे।

त्यसै गरी साहित्यकार डा. गीता त्रिपाठीले अग्नि महाकाव्यमार्फत नेपाली समाजको चरित्र, उत्पीडन र विभेदको कथा मौलिक ढङ्गले प्रस्तुत गरेकाले महाकाव्य जगतमा यसको स्थान विशिष्ट हुने भन्दै लेखकको शैली-शिल्पको प्रशंसा गरिन्।

रेडियोकर्म र साहित्य सिर्जनामा लागेका डा. नवराज लम्सालका यसअघि २ वटा महाकाव्य, ३ वटा कविता सङ्ग्रह र २ वटा गीत सङ्ग्रह प्रकाशित छन्।

विशेषगरी जातको आधारमा हुने छुवाछुत र उत्पीडनको लामो कथालाई महाकाव्यमार्फत उजागर गर्ने कोसिस गरिएको ‘अग्नि’ महाकाव्यलाई बुकहिलले बजारमा ल्याएको हो।

प्रकाशित: Oct 03, 2021| 20:46 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।