आइतबार, कात्तिक ८, २०८३

अर्जेन्टिना नकआउट चरणमा प्रवेश : यसरी मार्‍यो बाजी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- अर्जेन्टिना जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । सेन्टपिटर्सबर्गमा भएको खेलमा नाइजेरियालाई २–१ गेल अन्तरले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको हो । 

खेल सुरु भएको १४ औं मिनेटमा लियोनल मेस्सीले शुरुवाती अग्रता दिलाएका थिए । मिडफिल्डबाट आएको पासलाई उनले गोलमा परिणत गरेका थिए ।

मेस्सीले जारी विश्वकपमा पहिलो गोल गरेका हुन भने प्रतियोगिताको एक सयौं गोल पनि मेस्सीकै नाममा रहेको छ । पहिलो हाफमा दबाबमा रहेको नाईजेरियाले दोस्रो हाफमा भने उत्कृष्ट पुनरागमन गरेको थियो ।

खेलको ४९ औं मिनेटमा जाभियर मार्सिरानोले डिबक्स भित्र फल गरेपछि नाइजेरियाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा भिक्टर मोसेसले बराबरी गोल गरेका थिए ।

त्यसपछि नाइजेरियाले पकड कायम गरेकोको थियो । नाईजेरियालाई बराबरीलेनै अन्तिम १६ मा पुग्ने समिकरण भएपनि अर्जेन्टिनाले ८६ औं मिनेटमा गोल गरेको थियो । मार्कोस रोहोले गरेको उत्कृष्ट गोलसंगै अर्जेन्टिना अन्तिम १६ बाटै घर फर्किनबाट जोगियो ।

निकै रोचक खेलमा अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्दा समुह डी कै अर्को खेलमा क्रोएशियाले आइसल्याण्डलाई हराएको छ । आइसल्याण्ड पराजित भएसंगै अर्जेन्टिना ४ अंक सहित समुह उपविजेताको रुपमा प्रि–क्वाटरफाइनलमा पुगेको हो । 

क्रोएशिया भने शत प्रतिशत नतिजाकासाथ समूह विजेता बनेको छ । क्रोएसियाले समूह चरणको सबै खेलमा जित हात पारेको हो । क्रोएसियाले मंगलबार राति भएको खेलमा आइसल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्यो ।

अब प्रि–क्वाटरफाइनलमा समुह डी को उपविजेता बनेको अर्जेन्टिनाले समुह सीको विजेता फ्रान्ससंग असार १६ गते खेल्ने छ  । खेल नेपाली समयअनुसार बेलुका ७ः४५ मा हुनेछ ।

यस्तै समुह डी को विजेता क्रोएशिया र समुह सीको उपविजेता डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । असार १८ गते हुने प्रतिस्पर्धा नेपाली समयअनुसार राती ११ः४५ मा सुरु हुनेछ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।