शुक्रबार, जेठ १९, २०८०
  • गृहपृष्ठ
  • प्रदेश
  • रूपन्देहीमा दसैंको समयमा सुरक्षाका लागि ९४४ प्रहरी परिचालन गरिने

रूपन्देहीमा दसैंको समयमा सुरक्षाका लागि ९४४ प्रहरी परिचालन गरिने

रुपन्देही प्रहरीले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। पर्वका अवसरमा हुनसक्ने अपराध रोक्न र शान्ति सुरक्षा कायम गर्ने गरी विशेष सुरक्षा योजना बनाएको बताएको छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

बुटवल- रुपन्देही प्रहरीले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। पर्वका अवसरमा हुनसक्ने अपराध रोक्न र शान्ति सुरक्षा कायम गर्ने गरी विशेष सुरक्षा योजना बनाएको बताएको छ। 

Everest Bank

शान्ति सुरक्षालगायत ट्राफिक व्यवस्थापनको लागि चाडपर्व अवधिभर ९४४ जना प्रहरी परिचालन गर्ने प्रहरी प्रवक्ता डीएसपी सत्य नारायण थापाले जानकारी दिए। 

उनले कोरोना भाइरस, चाडपर्वमा हुन सक्ने विसंगति, विकृतिविरुद्ध प्रहरी परिचालन गर्ने बताए। सीमा एरियामा कडा चेकजाँचको व्यवस्था गरि अवैध ओसार पसारलाई नियन्त्रण गर्ने समेत उनले बताए।

 प्रत्येक प्रहरी इकाइमा प्रहरी टोली राखी परिचालन गरिने, पटाका, आतीसबाजीको प्रयोगलाई नियन्त्रण गरिनेछ,’ उनले भने । 

पटाकाको प्रयोग वा यसको बिक्रीबितरण गरेको पाइए कारबाही गर्ने समेत उनले बताए। प्रवक्ता थापाले एक प्रेस विज्ञिप्ती समेत जारी गर्दै चाडपर्वमा जुवालाई नियन्त्रण गर्न प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गर्ने योजना जनाएको छ।

National life insurance
Metro Mart

 राजमार्ग लक्षित गरी रातिको समयमा गस्ती बढाउने,  पैदल, साइकल, मोटरसाइकल र गाडी गस्ती परिचालन गरिने प्रहरीले बताएको छ।

बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुहरुलाई सुरक्षित यात्राको प्रत्याभूती दिलाउने डीएसपी थापाले बताए।

प्रकाशित: Oct 03, 2021| 05:52. 48 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।