काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ६७९ जनामा कोरोना भाइरस संक्रमण भएको छ। १० हजार ९२० जनाको नमुना परीक्षण गर्दा ६७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जना संक्रममितको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ। यस्तै २४ घण्टा अवधिमा १४०५ जना संक्रमणमुक्त भएका छन्। आज सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।