बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्रायल पास गराइदिने भन्दै पैसा असुल्‍ने २ जना प्रहरी नियन्त्रणमा

ट्रायल पास गराइदिने भन्दै पैसा असुल्‍ने २ जना प्रहरी नियन्त्रणमा

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका- १४, नख्खीपोट बस्‍ने वर्ष ३० को सुमन तामाङ र ललितपुर महानगरपालिका– १३, कुसुन्ती बस्‍ने वर्ष २३ को सुरज गुप्ता रहेका छन्।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुईजना विचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका- १४, नख्खीपोट बस्‍ने वर्ष ३० को सुमन तामाङ र ललितपुर महानगरपालिका– १३, कुसुन्ती बस्‍ने वर्ष २३ को सुरज गुप्ता रहेका छन्।

लिखित परीक्षा पास गराइ दिने, फास्ट ट्रायल मिलाइ दिने, नवीकरण गरी दिने, सिफारिसहरु मिलाइ दिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाइनमा लागेका सर्वसाधारणलाई सास्ती दिने दुई जना विचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ् गरी लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए।

महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारबाही अभियान चलाइरहेको छ। पक्राउ व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारबाहीको लागि बुझाएको महाशाखाले जनाएको छ।

प्रकाशित: Oct 03, 2021| 17:17 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।