आइतबार, कात्तिक ८, २०८३

प्रतिपक्षका सांसद नआएपछि प्रदेश सभा वैठक स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी-  प्रतिपक्ष दलका सांसद अनुपस्थित भएपछि मंगलबारका लागि बोलाइएको प्रदेस ७ को प्रदेश सभा बैठक स्थगित भएको छ ।
 
मंगलबार दिउँसो ४ बजे बस्ने भनिएको बैठक प्रदेशसभा सचिवालयले सूचना टाँसेर स्थगित भएको जनाएको छ । 

सूचनामा सभामुखको आदेश अनुसार बैठक बुधबार ४ बजे सम्मका लागि स्थगित गरिएको उल्लेख गरिएको छ । सवा ४ बजे सम्म सत्तापक्षका अधिकांश सांसद प्रदेशसभा हलभित्र प्रवेश गरिसकेका भए पनि प्रतिपक्ष दलका एक जना सांसद पनि प्रवेश भएका थिएनन् । लगत्तै संसद सचिवालयले बुधबार दिउँसो ४ बजे सम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको थियो ।
 
मंगलबारको बैठकमा सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको छलफललाई निरन्तरता दिने कार्यसूची रहेको थियो । यसअघि सोमबार बसेको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाले संसद अवरुद्ध गरेपछि रोकिएको थियो ।  यता सरकार पक्ष प्रतिपक्षीलाई मनाउने तयारीमा रहेको छ । 

दुवै पक्षबीच सहमतिका लागि वार्ता भइरहेको छ । प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले आफ्ना मागका बारेमा प्रदेश सरकार केही गम्भीर देखिएको र वार्ता जारी रहेको बताए । उनले बजेट संशोधन नगरुन्जेल विरोध जारी रहने र यदि बहुमतमा बजेट पास गर्न खोजे सडकमा जाने समेत बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।