बिहीबार, भदौ ४, २०८३

११ जिल्लामा फेरिए सीडीओ [को कहाँ?]

सरकारले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं– सरकारले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ। गृह मन्त्रालयका अनुसार सहसचिवसहित १६ जनाको सरुवा गरिएको हो यीमध्ये ११ जना सीडीओ छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेलाई सीडीओ बनाइएको छ। 

गृह मन्त्रालयका सहसचिव कमलराज ढकाल भोजपुरको सीडीओ भएका छन्। 

गृहकै सहसचिव जयनारायण आचार्यको जिल्ला प्रशासन कार्यालय कास्कीमा सरुवा भएका छन् भने लमजुङको सीडीओमा सुशील वैद्य सरुवा भएका छन्। गृह मन्त्रालयका अनुसार  डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रवीन्द्रप्रसाद आचार्य, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैसी, तेह्रथुममा अनोजकुमार घिमिरे, सप्तरीमा विष्णु लामिछाने सीडीओ भएका छन्। 

प्रकाशित: Oct 03, 2021| 15:50 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।