काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैंलगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन्।
कान्ति बाल अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आइतबार आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्षमुनिका बालबालिकाका लागि कोरोना विरुद्धको एक करोड खोप आउने सुनिश्चित भइसकेको बताएका हुन्।
उनले यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिएकोब ताए। उनले भने, ‘मोर्डना ४० लाख र फाइजर ६० लाख खोपको खरिद गर्ने व्यवस्था सुनिश्चित भइसकेको छ। दसैंलगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुनसम्ममा पटकपटक गरेर फाइजर र मोर्डना आएर बालबच्चाका लागि पनि खोपको व्यवस्थापन हुनेछ। क्रमिक रुपमा देशभरी खोप लगाइने जानकारी गराउन चाहन्छु।’