बिहीबार, भदौ ४, २०८३

कबाडी गोदामबाट २५ लाखको पटाका बरामद

काठमाडौंको गोठाटारबाट २५ लाख रुपैयाँ बराबरको पटाका बरामद गरिएको छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं– काठमाडौंको गोठाटारबाट २५ लाख रुपैयाँ बराबरको पटाका बरामद गरिएको छ। महानगरी प्रहरी अपराध महाशाखाको टोलीले कागेश्वरी मनोहरा–८ गोठाटार जलविनायक चोकमा रहेको कामेश्वरप्रसाद यादवको कवाडी गोदामबाट उक्त परिणामको विस्फोटक पदार्थ बरामद गरेको हो।

यादवललाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विस्फोटक पदार्थ सम्बन्धी कसुरअन्तर्गतको मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ। 

प्रहरीका अनुसार सर्लाही रामनगरका यादवले विभिन्न मितिमा गैरकानुनी रुपमा ल्याइएको पटाका, भुइँचम्पा लगायतका विस्फोटक पदार्थ कबाडी गोदाममा भण्डारण गरेका थिए। 

'नेपालमा पटाका आयात र बिक्रीवितरण अवैध छ। दसैंतिहारलाई लक्षित गरेर केही गिरोहले  भारी परिणाममा यस्ता पदार्थ भित्र्याउने गरेका छन्', महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले भने, 'हामी सकेसम्म चाडबाडमा यस्ता पदार्थ प्रयोग र व्यापार गर्नेमाथि कडा निगरानीमा छाैं।'

सोही क्रममा खोजीनिती गर्दा यादवको गोदामबाट ठूलो परिणाममा विस्फाेटक पदार्थ बरामद गरिएको खापुङले बताए।


प्रकाशित: Oct 03, 2021| 13:34 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।