आइतबार, कात्तिक ८, २०८३

पूर्वराजाकी छोरी प्रेरणाको घरमा सरकारी ताला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहको काठमाडौं छाउनीस्थित निवासमा सरकारले ताला लगाएको छ। 

नेपाल ट्रस्टको कार्यालयले मंगलबार पूर्वराजा ज्ञानेन्द्रले दाइजो दिएको १५ रोपनी एक आना जग्गामा बनाइएको प्रेरणाको घरमा ताला लगाएको हो। 

सरकारले ०६४ सालमा त्यो घर र जग्गा नेपाल ट्रस्टको नाममा ल्याउने निर्णय गरेको थियो।

प्रेरणालार्इ नेपाल ट्रस्टले पटक-पटक पत्र काट्दा पनि पत्र बुझ्न अस्वीकार गरेपछि सरकारले बल प्रयोग गर्नुपर्ने परिस्थिति सिर्जना भएको ट्रस्ट कार्यालयले जनाएको छ। २१ पुस ०७३ मा सर्वोच्च अदालतकी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले सो घरजग्गा नेपाल सरकारको हुने फैसला सुनाएको थियो।

८ असोज ०६७ मा मन्त्रिपरिषद्ले प्रेरणाले प्रयोग गर्दै आएको छाउनीस्थित सो घरजग्गासहित पूर्वराजा वीरेन्द्रको नाममा अन्य ३० स्थानका घरजग्गा नेपाल ट्रस्टमा कायम गर्ने निर्णय गरेको थियो। 

२३ वैशाख ०७५ मा ट्रस्टले प्रेरणाको नाममा सो स्थान खालि गरिदिन पत्राचार गरेको थियो। कर्मचारी खटाएर पठाएको पत्र बुझ्न नमानेपछि ट्रस्टले हुलाकमार्फत् पत्र पठाएको थियो। ३५ दिनभित्र सो घरजग्गा खालि गरिदिन ट्रस्टले गरेको समयावधि २५ जेठमा सकिएको थियो।

राजा त्रिभुवनकी छोरी विजया शाहको नाममा रहेको सो घरजग्गा ८ जेठ ०५९ मा छोरी प्रेरणाको बिहे राजबहादुर सिंहसँग हुँदा तत्कालीन राजा ज्ञानेन्द्रले दाइजोको रूपमा दिएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।