बिहीबार, भदौ ४, २०८३

करेण्ट लागेर मकुना हात्तीको मृत्यु

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेण्ट लागेर मरेको छ। आरक्ष छेउको धानबारीमा लगाइएको करेण्टमा परेर मकुना मरेको हो। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयलेसमेत मकुना करेण्ट लागेर मरेको पुष्टि गरेको छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेण्ट लागेर मरेको छ। आरक्ष छेउको धानबारीमा लगाइएको करेण्टमा परेर मकुना मरेको हो। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयलेसमेत मकुना करेण्ट लागेर मरेको पुष्टि गरेको छ।

आरक्षका संरक्षण अधिकृत अशोक रामले चरणको क्रममा धानखेतमा पुगेको मकुना हात्ती करेण्ट लागेर मरेको बताए। रामका अनुसार हात्ती आज बिहान मृत भेटिएको थियो।  

आरक्षका प्रमुख संरक्षण अधिकृत रामले मकुनाको मृत्युले आरक्षलाई ठूलो क्षति पुगेको बताए। उनले मकुना स्थानान्तरणको कुरो चलिरहँदा मृत्युको खबर आउनु दुःखद् भएको बताए।

आरक्ष कार्यालयले घटना मुचुल्का तयार पारेर शदगदको तयारी थालिएको जनाएको छ। केही साताअघि मात्रै संरक्षण विभागले मकुना स्थानान्तरणको विषयमा तयारी थालिएको बताएको थियो। जसका लागि आरक्ष हातामा स्थापना गरिएको प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रलाई अध्ययनको जिम्मेबारी दिइएको थियो।

मकुना जंगली हात्ती भए पनि रैथानेका रूपमा लामो समययता आरक्ष हातामै बस्दै आएको थियो। मकुना हात्तीसारमा रहेका हात्तीको अभिभावकका रुपमा समेत रहेको थियो।

मकुना आरक्षमा रहेका जंगली हात्तीको नाइकेसमेत थियो। आरक्षबाट हुलमा बस्तीमा प्रवेश गर्ने क्रममा मकुनाले अन्य हात्तीको अगुवाई गर्ने गरेको थियो।

मकुनाको आक्रमणमा परी सर्वसाधारणको ज्यान जाने क्रम बढेसँगै हात्ती स्थानान्तरणको आवाज उठ्दै आएको थियो। मकुनाले सुनसरी र सप्तरीतर्फका दर्जन बढीको ज्यान लिएको थियो।

प्रकाशित: Oct 03, 2021| 13:02 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।