बिहीबार, भदौ ४, २०८३

साहस ऊर्जाको आईपीओ बाँडफाँड

साहस ऊर्जा लिमिटेडको प्राथमिक शेयर (आईपीओ) आइतबार बाँडफाँड भएको छ। कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड भएको हो।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- साहस ऊर्जा लिमिटेडको प्राथमिक शेयर (आईपीओ) आइतबार बाँडफाँड भएको छ। कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड भएको हो।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ शेयर गोलाप्रथाबाट ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले पाएका छन्।

आईपीओमा २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र सदर भएको थियो। 

सदर आवेदनमार्फत कूल ३ करोड १३ लाख ६१ हजार २३० कित्ता शेयर माग भएको  थियो। रद्द भएको ११ हजार ९९६ वटा आवेदन मार्फत १ लाख ७९ हजार ७७० कित्ता शेयर माग भएको थियो। 

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो।

जसमध्ये २ लाख १० हजार कित्ता शेयर कर्मचारी र ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर ६४ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणहरूबाट आवेदन संकलन गरिएको थियो।

प्रकाशित: Oct 03, 2021| 11:06 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।