बिहीबार, माघ १, २०८२

१२७ वर्षीय व्यक्तिको देहवसान

अफ्रिकी मुलुक एरिट्रियाका १२७ वर्षीय एक व्यक्तिको निधन भएको छ। एरिट्रियाका नाताबे तिन्सीउको १२७ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ।
 |  आइतबार, असोज १७, २०७८

बीबीसी

बीबीसी

आइतबार, असोज १७, २०७८

काठमाडौं- अफ्रिकी मुलुक एरिट्रियाका १२७ वर्षीय एक व्यक्तिको निधन भएको छ। एरिट्रियाका नाताबे तिन्सीउको १२७ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ।

National life

उनका नाति जेरे नाताबेले हजुबुवाको नाममा सबैभन्दा धेरै वर्ष बाँच्ने व्यक्तिको विश्व कीर्तिमानमा लेखिने अपेक्षा गरेका छन्। 

आफ्नो हजुरबुवा दीर्घजीवी हुनुको कारण धैर्य, उदारता र आनन्दित जीवन रहेको बताएका छन्। नाताबेको सोमबार अजिफामा मृत्यु भएको परिवारले जनाएको छ। उक्त गाउँमा तीन सय जनाको बसोबास रहेको छ।

उनका नातिले चर्चले राखेको जन्म दर्ता सहितको तथ्याङ्कमा उनी सन् १८९४ मा जन्मिएको र सोही वर्ष चर्चमा उनका लागि कार्यक्रम आयोजन गरिएको देखाउने बताएका छन्। यस हिसाबले उनको मृत्यु १२७ वर्षमा भएको हो।

उनको परिवारले भने उनी सन् १८८४ मा जन्मिएका थिए। र, उनलाई इसाई धर्म अनुसार १० वर्षको उमेरमा मात्रै एक पादरी गाउँमा आउँदा चर्चमा प्रवेश गराइएको थियो।

Laxmi sunrise bank
kumari

नाति जेरेले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सलाई हजुरबुवाको उमेरबारे जानकारी गराइसकेको बताएका छन्।

अहिलेसम्म सन् १९९७ मा १२२ वर्षको उमेरमा मृत्यु भएकी फ्रान्सेली महिला जीन काल्मेन्टलाई सबैभन्दा धेरै बाँचेको व्यक्ति मानिँदै आएको छ।

विश्वमा सबैभन्दा धेरै दीर्घजीवन विताउने मानिसहरू जापनामा छन्। जापानको ओकिनावा टापुमा रहेका पाका व्यक्तिहरूको औसत उमेर नै सय वर्ष हाराहारी छ। उनीहरूमाथि गरिएको अध्ययनमा के पाइएको थियो भने उमेरमा मस्त काम गर्ने र आहारविहारमा संवेदनशील हुँदै आनन्दित हुनु नै जापानीहरूको दीर्घ जीवनको एउटा कारक हो।

नेपालमै पनि दीर्घजीवन बिताउनेहरूको संख्या बढिरहेको छ। राष्ट्रकवि माधव घिमिरे एक सय दुई वर्षको उमेरमा बितेका थिए भने सत्यमोहन जोशी एक सय दुई वर्षमा हिँडिरहेका छन्।

नेपालमै जीवन बिताएका खप्तड बाबाले एक सय १८ वर्षको उमेरमा शरीर त्याग गरेका थिए। त्यस्तै, शिवपुरी बाबाले एक सय ३७ वर्षको उमेरमा शरीर बिसाएका थिए। दीर्घजीवनको रहस्य बारे बताउँदै शिवपुरी बाबाले भनेका थिए, लामो श्वास र ब्रह्मचर्य नै दीर्घजीवनको रहस्य हो।

प्रकाशित: Oct 03, 2021| 10:00 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।