काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले सातै प्रदेशको पार्टी नेतृत्व तथा दुर्इ केन्द्रीय सहमहामन्त्री नियुक्त गरेको छ। केन्द्रीय अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सातै प्रदेशका अध्यक्ष मनोनयन गरेको हो।
मनोनित अध्यक्षमा प्रदेश–१ मा राम थापा, प्रदेश–२ मा चन्देश्वर प्रसाद यादव, प्रदेश–३ मा विक्रमबहादुर थापा, प्रदेश–४ मा हेमजंग गुरुङ, प्रदेश–५ मा डा. धवल शम्शेर जबरालाई अध्यक्षको जिम्मेवारी दिइएको छ । यस्तै कर्णाली प्रदेशको अध्यक्षमा धनबहादुर बुढा र प्रदेश–७ को अध्यक्षमा श्याबहादुर शाही मनोनित भएका छन्।
त्यसैगरी राष्टिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले दुई सहायक महामन्त्री नियुत्त गरेका हुन्। पार्टिको विधान अनुसार भाष्कर भद्रालाई र भक्ति सिटौलालाई सहायक महामन्त्रीमा नियुक्त गरेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४