मस्को- वर्षायामको शुरुवातीसँगै लामखुट्टेको प्रकोप बढ्ने गर्दछ । पहिले नेपालका तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढी हुने गरेको भएपनि अहिले उपत्यका तथा पहाडी जिल्लामा पनि लामखुट्टे बढेका छन् ।
लाखुट्टेको टोकाइबाट मलेरिया, औलो, कालाजार, जापानिज इन्सेफ्लाइटिसलगायतका रोग तथा हैजाले सताउँछ । यो त हामीले थाहाँ पाएका विषय हुन तर, मस्कोमा लामखुट्टेको टोकाइबाट एक महिलाले भोगेको पीडा सुन्दा हाम्रो आङ नै सिरिङ्ग हुन्छ ।
न्यू जर्नल अफ मेडिसनका अनुसार मस्कोमा ३२ वर्षीय एक महिलाको ओठ सुन्निएर हेर्न नै डर लाग्ने भइसकेको थियो । ओठ सुन्निने बाहेक अनुहार चिलाउने र पोल्ने जस्ता समस्या देखापर्न सुरु भएको थियो । उनलाई लागेको थियो कि इन्फेक्सन मात्र हो ।
बिरामी महिला भन्छिन्, ‘यस खालको सुन्निने समस्या सुरुवातमा बायाँ आँखामुनि देखा परेको थियो तर बढेर ओठ माथिको भागसम्म आइपुगेको हो।’
केही महिना अघि छुट्टी मनाउन उनी घरबाट टाढा गएकी थिइन् । जहाँ उनलाई लामखुट्टेले टोकेको राम्रोसँग याद छ ।
समस्या लिएर डाक्टरकोमा पुगेकी उनी यस्तो भयानक रोग सुन्दा अचम्ममा परिन् । उनको अनुहारभित्र ‘प्यारासाइट वर्म’ परेको छ ।
डाक्टरका अनुसार लामखुट्टे र कुकुरको टोकाईबाट त्यस खालका किराहरु मानव शरीरमा देखिने गर्छ । हेर्दा धागो जस्तो देखिने यो किरा मान्छेको शरीरभित्र दुई वर्षसम्म बस्न सक्छन् । किरा शरीरमा प्रवेश गरेको लामो समयमा रह्यो भनेै ज्यान जानसक्ने खतरा रहन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४