बिहीबार, माघ १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युरोपको 'बेपीकोलम्बो मिसन'ले पठायो मर्करीको पहिलो तस्बिर

युरोपको 'बेपीकोलम्बो मिसन'ले पठायो मर्करीको पहिलो तस्बिर

युरोपको बेपीकोलम्बो मिसनले मर्करी (बुध ग्रह) को पहिलो तस्बिर पठाएको छ। मिसनले सौर्यमण्डलको सबैभन्दा भित्रि ग्रह बुधको तस्बिर पठाएको बीबीसीले जनाएको छ।
 |  आइतबार, असोज १७, २०७८

बीबीसी

बीबीसी

आइतबार, असोज १७, २०७८

बर्सेल्स- युरोपको बेपीकोलम्बो मिसनले मर्करी (बुध ग्रह) को पहिलो तस्बिर पठाएको छ। मिसनले सौर्यमण्डलको सबैभन्दा भित्रि ग्रह बुधको तस्बिर पठाएको बीबीसीले जनाएको छ। 

National life

कन्ट्रोलरले त्यहाँको गुरुत्वाकर्षणको बलमा थप पाँचवटा तस्बिर लिने योजना बनाएको जनाइएको छ। बेपीको उद्देश्य विस्तारै घुम्‍ने र ग्रहको स्थिर अरबिटको तस्बिर लिने जनाइएको हो। 

यो मिसन सन् २०२५ सम्म पूरा हुने पनि बताइएको छ। मिसनले आफ्नो पहिलो तस्बिर कम रिजोलुसनमा लिएको छ। अहिले बेपी हाइ रिजोलुसनको तस्बिर लिनका लागि तयार नभएको बताइएको छ। 

यसमा दुईवटा यानहरु एउटैमा रहेको जनाइएको छ। जसमा एउटा युरोपियन स्पेस एजेन्सी र अर्को जापानी स्पेस एजेन्सीका यानहरु रहेका छन्। 


Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 03, 2021| 04:50 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।