शनिबार, साउन १६, २०८३

देशभर हालसम्म कतिले लगाए कोरोनाविरुद्धको खोप?

नेपालमा शनिबारसम्म लक्षित जनसंख्यामध्ये २९.२ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा मात्र ८३ हजार ३७३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। नेपालमा शनिबारसम्म लक्षित जनसंख्यामध्ये २९.२ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार शनिबारसम्म ६३ लाख ४८ हजार २७९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन्। त्यस्तै, पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या ३५.४ प्रतिशत पुगेको छ । ७६ लाख ९४ हजार ६०९ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन्। 

सरकारले दसैंसम्म एक करोड ६० लाख जनसंख्यालाई खोप लगाइसक्ने र वैशाखसम्म सबै जनसंख्यालाई खोप लगाइसक्ने जनाएको छ। यसका लागि विभिन्‍न मुलुकहरुबाट खोप खरिदको कामलाई तीव्रता दिइरहेको छ। 

भारतले पनि खोप निर्यात गर्ने घोषणा गरेसँगै नेपालले थप खोप पाउने आशा गरेको छ। यस्तै बालबालिकाका लागि पनि दसैंपछि खोप लगाउने सुरु गर्ने सरकारको लक्ष्य रहेको छ। 


प्रकाशित: Oct 03, 2021| 00:05 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्