आइतबार, कात्तिक ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बस, भ्यान र मोटरसाइकल आपसमा ठोक्किदा ३ जनाको मृत्यु, ७ घाइते

बस, भ्यान र मोटरसाइकल आपसमा ठोक्किदा ३ जनाको मृत्यु, ७ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- तनहुँमा भएको सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
 
सोमबार दिउसो तनहुँको आबुखैरेनी गाउँपालिका वार्ड न. १ को वरादी पुलमा भएको दुर्घटनामा परी तीन वर्षीय ममता लामीछाने, मोटरसाईकल चालक दिलबहादुर मगर, मोटरसाइकलमा सवार नाम खुलेका ३५ वर्षीय युवकको मृत्यु भएको छ।

मुग्लीन तर्फबाट पोखरातर्फ जाँदै गरेका ग १ ख ३०७३ को बस र बा १७ च १८९४ भ्यान तथा विपरित दिशाबाट आउँदै गरेको ग ५ प १९४४ नम्बरको मोटर साईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो।
 
दुर्घटनामा परी भ्यानमा सवार सात जना घाइते भएका छन्।
 
घाइतेहरुको स्थानीय तथा पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए ।  
बबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने समा सवार यात्रुहरु सकुशल रहेका प्रहरीले जनाएको छ ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।