बिहीबार, माघ १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ओकस सम्झौता विवाद: अस्ट्रेलिया-ईयू व्यापार वार्ता स्थगित

ओकस सम्झौता विवाद: अस्ट्रेलिया-ईयू व्यापार वार्ता स्थगित

ओकस सम्झौताका कारण फ्रान्ससँग जारी तनावकाबीच अस्ट्रेलिया र युरोपेली संघ (ईयू) बीचको व्यापार वार्ता एक महिनाका लागि स्थगन गरिएको छ।
 |  शनिबार, असोज १६, २०७८

बीबीसी

बीबीसी

शनिबार, असोज १६, २०७८

बर्लिन- ओकस सम्झौताका कारण फ्रान्ससँग जारी तनावकाबीच अस्ट्रेलिया र युरोपेली संघ (ईयू)  बीचको व्यापार वार्ता एक महिनाका लागि स्थगन गरिएको छ। 

National life

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लियनले यसअघि युरोपेली संघ फ्रान्ससँगको ऐक्यबद्धतामा अस्ट्रेलियासँग व्यापार सम्झौता गर्न सक्षम छ भनेर प्रश्न गरेकी थिइन्। तर शुक्रबार आयोगका प्रवक्ताले आफूहरूले कसैलाई पनि सजाय दिन नलागेको कुरामा जोड दिएका थिए।

उनले भने, ‘व्यापार समझौता एक महिना विस्तार गर्ने निर्णय केही दिनअघि गरिएको छ र यसबाट हामीलाई राम्रो तयारी गर्ने अवसर प्राप्त हुनेछ।’ 

अर्कातर्फ अस्ट्रेलियाका व्यापारमन्त्री डान तेहानले यसबारे कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेका छन्। तर उनले यही अक्टोबर १२ तारिखमा सुरु हुने भनिएको वार्ताका अर्को महिनाका लागि सारिएको पुष्टि गरेका छन्। 

गत महिना अस्ट्रेलियाले फ्रान्स सरकारको स्वामित्वमा रहेको कम्पनी डीसीएनएससँग १२ वटा पनडुब्बी बनाउन गरिएको ३७ बिलियन डलरको सम्झौता तोडेको थियो।

Laxmi sunrise bank
kumari

अहिले उसले अमेरिका र बेलायतसँग त्यस्तो सम्झौता गरेको छ, जसअन्तर्गत परमाणु ऊर्जाबाट सञ्‍चालन हुने कम्तीमा ८ पनडुब्बी बनाइनेछ। यसअघि अस्ट्रेलियाले फ्रान्ससँग गरेको सम्झौता रद्द गरेपछि फ्रान्स आक्रोशित बनेको हो।

ओकस सम्झौता हुनासाथ फ्रान्सले अस्ट्रेलिया र अमेरिकाबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो। ओकस सम्झौता चीनलाई काउन्टर दिनका लागि परमाणु उर्चाबाट सञ्‍चालित पनडुब्बी बनाउने सहमति भएको थियो। 

ओकस सम्झौताप्रति चीनले पनि आपत्ति जनाएको छ। यो एक घृणित खेल भएको चीनको टिप्पणी छ। 

प्रकाशित: Oct 02, 2021| 22:25 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।