बिहीबार, माघ १, २०८२

चीनले ताइवानमा किन पठायो बम खसाल्‍ने क्षमताका ३८ विमान?

ताइवानको रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता सहितका विमानहरू "एअर डिफेन्स आइडेन्टीफिकेसन जोन" भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा प्रवेश गरेको जनाएको छ।
 |  शनिबार, असोज १६, २०७८

बीबीसी

बीबीसी

शनिबार, असोज १६, २०७८

बेइजिङ- चीन-ताइवानबीचको द्वन्द्व पछिल्लो समय बढ्दै गएको छ। ताइवानले ३८ वटा चिनियाँ जहाज आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको छ। शुक्रबार भएको यो घटना बेइजिङको अहिलेसम्मकै ठूलो घुसपैठ भनिएको छ।

National life

ताइवानको रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता सहितका विमानहरू "एअर डिफेन्स आइडेन्टीफिकेसन जोन" भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा प्रवेश गरेको जनाएको छ।

लगत्तै ताइवानले आफ्ना लडाकू विमानहरूको परिचालन गर्नुका साथै क्षेप्यास्त्र प्रणाली तैनाथ गरेर प्रतिक्रिया जनाएको छ। चीनले प्रजातान्त्रिक अभ्यास गरिरहेको ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेर्ने गरेको छ भने ताइवानले आफूलाई छुट्टै सार्वभौम देश ठान्छ।

ताइवानले विगत एक वर्ष यता चिनियाँ वायु सेनाले आफ्नो टापु नजिकै यस्ता मिसनहरू सञ्चालन गरिरहेको बताउँदै आएको छ।

ताइवानका प्रधानमन्त्री सु जिन चाङले शनिबार पत्रकारसँगको कुराकानीमा भने, 'चीन क्षेत्रीय शान्ति बिथोल्न नियोजित रूपमा सैन्य आक्रमणमा संलग्‍न छ।' 

Laxmi sunrise bank
kumari

बेइजिङस्थित चीन सरकारले कुनै प्रतिक्रिया नदिएको भए पनि चिनियाँ सरकारी सञ्‍चारमाध्यम ग्लोबल टाइम्सले भने राष्ट्रिय दिवसको अवसरमा ताइवान नजिकैको टापुमाथि ३८ वटा सैन्य विमान उडाएको र 'रेकर्ड-ब्रेकिङ ड्रिल' गरेको जनाएको छ। 

ग्लोबल टाइम्सले यो नियमित भए पनि महत्वपूर्ण भएको जनाएको छ। ग्लोबल टाइम्सका अनुसार २५ वटा १८ जे-१६ पीएलए विमान, चारवटा सु-३० लडाकू जेट, दुईवटा एच-६ बमवर्षक विमान र एक वाई-८ एन्टि सबमेरिन युद्धक विमान रहेको जनाएको छ। 

यसअघि उसले यस्ता उडानहरू आफ्नो सार्वभौमसत्ता रक्षा तथा ताइवान र अमेरिकाबीचको साँठगाँठ विरुद्ध लक्षित रहेको बताएको थियो। गत महिना मात्रै चीनले १९ वटा र जुन महिनामा १८ वटा विमानहरू ताइवानको प्रतिरक्षा प्रणाली क्षेत्रमा पठाएको थियो।

प्रकाशित: Oct 02, 2021| 22:15 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।