आइतबार, कात्तिक ८, २०८३

‘संघीयता डुबाउने षडयन्‍त्रमा सरकार’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार संघीयता डुबाउने षडयन्त्रमा लागेको आरोप लगाएका छन्।

निधिले सरकारका पछिल्ला गतिविधिहरु संघीयता र गणतन्त्र विरोधी देखिएको भन्दै लोकतान्त्रिक शक्तिहरु सतर्क भएर बस्नु पर्ने उल्लेख गरे। धनुषाको नगराइन नगरपालिकाले फुलगामाको मनिहारीमा आयोजना गरेको प्रथम महेन्द्रनारायण निधि मेमोरियल क्रिकेट प्रतियोगिताको मंगलबार उदघाट्न गर्दै निधिले यस्तो बताएका हुन्।

दुई तिहाइको दम्भ देखाएर सरकार संविधान परिवर्तन गर्ने कसरतमा रहेको बताउँदै उनले मुलुक र जनताको हितलाई ध्यानमा राख्दै लोकतान्त्रिक विचारधारा बोकेकाहरु एकजुट हुनुको विकल्प नरहेको जिकिर गरे। सरकारले अधिनायकवादको बाटो समात्न खोजेको बताउदै निधिले लोकतन्त्रवादीका लागि यो स्वीकार्य नहुने बताए।

कार्यकारी राष्ट्रपति सम्बन्धी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तितर्फ इंगित गर्दै निधिले भने, ‘संविधान विपरित कार्यकारी राष्ट्रपतिको कुरा कसरी आयो ? संघीयता र गणतन्त्र समाप्त पार्ने खेल शुरु भएको छ।’ 

मुलुकमा अधिनायकवाद लाद्न खोजे कांग्रेस चुप लागेर नबस्ने भन्दै निधिले लोकतन्त्रको पक्षमा लडेको कांग्रेस अधिनायकवाद विरुद्धको लडाईमा अग्र मोर्चामा उभिने छ।

मधेशी जनताको भावना अनुसार संविधान संशोधन गर्ने कुरा उठेपछि कम्युनिष्ट नेताहरु दुई तिहाइबाट नयाँ संविधान जारी गर्ने धारणा व्यक्त गर्न थालेको उनले बताए।

त्यसैगरी सरकार गठन भएको चार महिना बितिसक्दा पनि प्रदेश २ को सरकारले जनतालाई अनुभूति हुनेगरी कुनै काम गर्न नसकेको निधिको आरोप थियो। निधिले प्रदेश सरकारले निष्क्रियता मात्र होइन निकम्मापन प्रस्तुत गरेको टिप्पणी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।