सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गाँजा नस्ट गर्दै मनायो प्रहरीले लागुऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस

गाँजा नस्ट गर्दै मनायो प्रहरीले लागुऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल प्रहरीले गाँजा नष्ट गर्दै लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०१८ मनाएको छ। 

यस अवसरमा नेपाल प्रहरीले मंगलबार देशका विभिन्न स्थानमा लगाईएको गाँजा नष्ट गरेको हो। नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्युरोले सप्ताहाव्यापी रुपमा देशैभरि लागुऔषध नियन्त्रण तथा जनचेनना मुलुक कार्यक्रम मार्फत लागुऔषध नियन्त्रणको प्रयास गरेको हो।

लागुऔषध नियन्त्रण व्यूरोका प्रमुख प्रहरी नायब माहानिरीक्षक ठुले राईले देशभरका सार्वजनिक स्कूल-कलेजमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। 

अभियान मार्फत लागुऔषध नियन्त्रण तथा जन चेतनामुलक कार्यक्रम गरिएको नायब माहानिरीक्षक राईले नेपाल समयलाई बताए। 

धादिङमा मात्र ५ सय रोपनीमा लगाइएको गाँजाखेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक डम्बर बहादुर विकले बताए।

डडेल्धुरामा पनि प्रहरीले जिल्लामा रहेको २७ रोपनि गाँजा नष्ट गरेको जनाएको छ। पछिल्लो समय व्यावसायिक रुपमा लगाइँदै आएको गाँजा खेती र त्यसको सेवनका कारण डडेल्धुरालगायत पश्चिम नेपालमा हत्या हिसांका घटना बढदै गएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए।

प्रहरीले अमरगढि नगरपालीका, भालुमारे, तडिवाटा, चरिकिट्टे, भात्काँडालगायत विभिन्न स्थानमा अभियान सञ्चालन गरी गाँजा खेती नष्ट गरेको प्रहरी उपरीक्षक जोशीले बताए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।