सोमबार, असार २९, २०८३

 नेकपामा लेखा  र निर्वाचन आयोगको पनि बिद्रोह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


काठमाडौं, - नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विधानप्रति तत्कालीन एमालेको केन्द्रीय लेखा आयोग र निर्वाचन आयोगले पनि आपत्ति जनाएको छन् । उनीहरुले अलगै अस्तित्व देखाउदै नेतृत्व प्रति  आपति जनाएका हुन् । 
आयोगलाई केन्द्रीय कमिटी मातहत राख्न प्रस्ताव गरिएकोमा आपत्ति जनाउँदै दुवै आयोगका नेताहरुले मंगलबार महासचिव विष्णु पौडेललाई भेटेर लिखित संशोधन सुझाव पेश गरेका हुन् ।

यसअघि केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष अमृतकुमार बोहराले केन्द्रीय आयोग महाधिवेशनप्रति जिम्मेवार भएकाले केन्द्रीय कमिटी मातहत राख्न नहुने भन्दै अध्यक्ष केपी ओली र

प्रचण्डसमक्ष लिखित सुझाव पेश गरेका थिए । एमालेका तीनओटै आयोगहरुले स्वतन्त्र हैसियत र मर्यादा कायम हुनेगरी विधानमा व्यबस्था गर्न माग गरेका छन् । त्यस्तै, अहिले कायम संख्या कटौति गर्न नहुने तीनओटै आयोगको माग छ ।

अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले बिधानमा संशोधन नभए सम्म स्थायी समितिको आमन्त्रित  सदस्यको हैसियतमा  भाग नलिने भन्दै स्थायी समितिको बैठक बहिष्कार गर्दै आएका छन् 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।