सोमबार, असार २९, २०८३

बैंक बेइजिङको, साधारणसभा मुम्बईमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
मुम्बई-चीनको राजधानी शहर बेइजिङमा मुख्यालय रहेको एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी)को तेस्रो साधारण सभा भारतको आर्थिक राजधानी मुम्बईमा शुरु भएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार उक्त साधारण सभा उद्घाटन गरे। साधारण सभालाई सम्बोधन गर्दै मोदीले भारत विदेशी लगानीकर्ताका लागि कम जोखिमवाला राजनीतिक अर्थव्यवस्था रहेको दाबी गरे । 

चिनियाँ राष्ट्रपति सी जिनपिङको महत्वाकांक्षी परियोजना 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (बीआरआई)मा आबद्ध हुन अस्वीकार गर्दै आएको भारत एआईआईबीको भने संस्थापक सदस्य हो । भारत त्यसको दोस्रो ठूलो सेयर होल्डर हो ।

हालसम्म ८६ वटा मुलुक उक्त बैंकको सदस्य बनिसकेका छन् । जापान, मेक्सिको, नाइजेरिया र अमेरिकाजस्ता आ-आफ्ना महादेशका ठूला अर्थतन्त्र भने सदस्य छैनन् । अमेरिकाको छत्रछायाँमा विश्व रंगमञ्चमा देखिने क्यानाडा, जर्मनी, बेलायत, अस्ट्रेलिया र दक्षिण कोरियाजस्ता राष्ट्र भने एआईआईबीका सदस्य छन् । 

२५ डिसेम्बर २०१५ देखि सञ्चालनमा आएको हो, उक्त बैंक । पश्चिमा मुलुकको हालीमुहाली रहेका एसियाली विकास बैंक र विश्व बैंकलाई चुनौती हुने गरी चीनको नेतृत्वमा एआईआईबी स्थापना भएको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।