सोमबार, असार २९, २०८३

नारायणगढ-मुग्लिन सडक : पहिरो हट्यो, जाम खुलेन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गअर्न्तगत् नारायणगढ-मुग्लिन १२ घण्टापछि खुलेको छ । तर, पहिरो पन्छाउन सफलता मिले पनि बिहानैदेखि लागेको गाडीहरूको लामका कारण मंगलबार रातिसम्म पनि सवारी जाम खुलेको छैन । 

सोमबार बिहान ४ बजे तोपखोलामा गएको पहिरो बेलुका ४ बजे हटाइएको छ । सोमबार बिहान कालीखोला र तीनकिलोबीचमा पर्ने तोपखोलामा गएको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको थियो । जसका कारण पाँच हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् ।

प्रहरीका अनुसार पहिरोका कारण कुनै मानवीय क्षति भने हुन पाएन। बिहानीको समयमा पहिरो गएको कारण ठूलो क्षति बेहोर्नु नपरेको ट्राफिक प्रहरीले जनाएको छ । पहिरो पन्छाउन एक स्काभेटर र तीन वटा लोडर प्रयोग गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।