सोमबार, असार २९, २०८३

नारायणगढ-मुग्लिन सडक खुल्न अझै दुई घन्टा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाण्डौं- पृथ्वी राजमार्ग अर्न्तगत नारायणगढ-मुग्लिन सडक खण्डको कालिखोलामा गएको पहिरो खुल्न अझै दुई घन्टा लाग्ने भएको छ।

सोमबार बिहान कालिखोला र तिनकीलोकोबीचमा पर्ने तपखोलामा गएको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अबरुद्ध हुदाँ पाँचहजार भन्दाबढी यात्रु अलपत्र परेका छन। 

बिहान ४ बजे तपखोला भन्ने ठाउँमा पुरै डाँडा नै पहिरो खसेको  बताईएको छ । पहिरोका कारण कुनै मानविय क्षति भने हुन पाएन।

बिहानीको समयमा पहिरो गएको कारण ठुलो मानविय क्षति हुन नपाएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। पहिरो हटाउन १ स्काईभेटर  तथा ३ लोडरले बिहानै देखि पहिरो हटाउदै आएका छन।

थप पहिरो नगए अबको २ घन्टामा अबरोध नारायणघाट मुग्लीन सडक सुचारु हुने चितवनका ट्राफिक प्रहरी हवल्दार नवराज ढकालले नेपाल समयलाई जनाएका छन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।