आइतबार, मंसिर २८, २०८२

चरमपन्थीको नयाँ हतियार– भिडियो गेम

यहुदीविरोधी विचारधारा, नस्लभेद र समलिंगीविरुद्ध घृणा फैलाउनका भिडियो गेम प्रयोग भइरहेको पाइएको छ। इन्स्टिच्यूट अफ स्ट्रयाटेजिक डाइयलगले झण्डै तीन महिना लगाएर गरेको अनुसन्धानमा यस्तो पाइएको हो।
 |  शुक्रबार, असोज १५, २०७८

बीबीसी

बीबीसी

शुक्रबार, असोज १५, २०७८

यहुदीविरोधी विचारधारा, नस्लभेद र समलिंगीविरुद्ध घृणा फैलाउनका भिडियो गेम प्रयोग भइरहेको पाइएको छ। इन्स्टिच्यूट अफ स्ट्रयाटेजिक डाइयलगले झण्डै तीन महिना लगाएर गरेको अनुसन्धानमा यस्तो पाइएको हो।

National life

यस्तो कार्यमा संलग्न वेबसाइटमा डिलाइव र ओडिसी जस्ता लाइभ स्ट्रिमिङ्गहरु पर्दछन्। यस अनलाइनमा प्रत्यक्ष च्याट हुने गर्दछ र ‘कल अफ ड्युटी’ र ‘माइनक्रफ्ट’ जस्ता भिडियो गेमका आधारमा कुराकानी हुने गरेको छ।

कुराकानी टेलिग्रामजस्ता प्राइभेट म्यासेजिङ एप्स उपयोग हुने गर्दछ। यससँग सम्बद्ध विज्ञहरुका अनुसार सधैं कुराकानीका क्रममा चरमपन्थीसँग सम्बन्धित भाषा तथा धारणालाई प्रश्रय दिँदा मानिसहरु उग्रवादतर्फ झुकाव पैदा हुने बताउँछन्।

अनुसन्धानकर्ताहरुका अनुसार भिडियो गेम खेल्नेहरूले आफ्नो भूमिका चुन्न सक्छन्। यसमा रोबल्क्स र माइनक्राफ्टजस्ता प्लेटफार्म र गेम क्रिएसन सिस्टम समावेश छन्। यी स्थानमा यातना शिविर र चीनको वीगर मुस्लिमका लागि तयार शिविर तयार पारिएको हुन्छ।

रोबलोक्सको एक गेममा त भिडियो गेम खेल्न चहानेहरुलाई जातीवादी व्यक्तिको भूमिका निर्वाह गर्न अह्राइन्छ। अनि तिनलाई गाडीले कुल्चेको देखाइन्छ।

Laxmi sunrise bank
kumari

इन्स्टिच्यूट अफ स्ट्रयाटेजिक डाइयलगका ज्याकोब डेवी भन्छन्, ‘यसको प्रयोग धेरै मानिसले गर्दैनन् यद्यपि जसले गर्छन् तिनले आफ्नो अतिवादी रोमाञ्चलाई अनलाइनमा भए पनि बँचाइरहेका हुन्छन्।’

तर रोबल्क्सले भने आफूहरूसँग दुई हजार मोडरेटर तथा प्राविधिकले आफ्नो प्लेटफार्मलाई सुरक्षित राख्नका लागि लगातार चौबिसै घन्टा काम गर्ने बताएको छ।

‘कुराकानी सभ्य र शालिन होस् भन्ने हाम्रो प्रयास रहन्छ। यदि त्यस्तो देखिएन भने हामी तत्काल कारबाही गर्छौं,’ उनले भने।

प्रकाशित: Oct 01, 2021| 06:39 शुक्रबार, असोज १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।