सोमबार, असार २९, २०८३

जनकपुरमा लामखुट्टेको मूल्य दश लाख !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम - जनकपुरको लागि लामखुट्टे नौलो समस्या होइन । लामखुट्टेको टोकाइबाट स्थानीयका साथै घुम्न आउने पर्यटकहरु समेत आजित छन् । र, खास गरेर जनकपुर घुम्न आउने पर्यटकहरु लामखुट्टेका कारण नाक बिचकाउन वाध्य हुने गरेका छन् । लामखुट्टेबाट आजित भएका स्थानीयहरुले नियन्त्रणको माग गर्दै केहि महिनापूर्व दिउँसै झुल टांगेर उपमहानगरपालिका कार्यालयमाथि व्यंगात्मक विरोध समेत गरेका थिए । स्थानीयहरुको व्यंगात्मक विरोधपछि उपमहानगरपालिकाले तत्काल लामखुट्टे नियन्त्रण गरिने बताएको थियो।

लामखुट्टे नियन्त्रण गर्न यसअघि प्रयास भने नभएका होइनन् । जनकपुर उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणको नाउँमा हरेक वर्ष पैसा खर्चिँदै आएको छ । तर, अहिले सम्मको उपलब्धि भने शुन्य प्रायः छ।

गर्मी बढे सँगै लामखुट्टेको प्रकोप पनि बढेर गएको छ। नगर क्षेत्रभित्रको खुल्ला ढल, अव्यवस्थित नाला, फोहोर व्यवस्थापनमा ढिलासुस्ती लगायतका कारणले लामखुट्टेको समस्या नियन्त्रण हुन नसकेको हो । नगर क्षेत्रको सरसफाई तथा फोहोर व्यवस्थापनको नाउँमा उपमहानगरपालिकाले करिब ४५ लाख खर्च गरेको तथ्यांकमा उल्लेख छ । तर, कागजमा सरसफाई भएको देखाइएपनि यहाँका वासिन्दाले अनुभूति गर्न नसकेको स्थानीयहरु बताउँछन्।

त्यसैगरी जनकपुर उपमहानगरपालिकाले जेठ मसान्त सम्म लामखुट्टे नियन्त्रण गर्न १० लाख भन्दा बढी पैसा खर्च गरेको जनाएको छ । १० अषाढमा सम्पन्न दोस्रो नगरपरिषदमा वितरण गरिएको आयव्ययको विवरणमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म लामखुट्टे नियन्त्रण गर्न १० लाख २५ हजार २ सय ३८ रुपैयाँ खर्च भएको जनाइएको छ । लामखुट्टे नियन्त्रणका लागि विनियोजन गरिएको १ करोड रुपैयाँबाट जेष्ठ मसान्त सम्म यो रकम खर्च भएको तथ्यांकमा उल्लेख छ । यसअघि उपमहानगरपालिकाले पौष मसान्तसम्म यसै शीर्षकमा ७७ हजार ९७ रुपैयाँ खर्च गरिसकेको छ।



लामखुट्टे नियन्त्रण गर्न आर्थिक वर्ष २०७३÷७४ मा उपमहानगरपालिकाले २१ हजार २ सय ५० खर्च गरेको थियो । चालु आर्थिक वर्षमा यस शीर्षकमा ५ लाख रुपैयाँ विनियोजन गरिएको थियो। तर, उपमहानगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आइसकेपछि रकम पर्याप्त नरहेको भन्दै पहिलो नगरपरिषदबाट संशोधन गरी एक करोड बनाइएको थियो।

लामखुट्टे नियन्त्रण गर्ने नाउँमा विगतमा पनि अनियमितता हुँदै आएको र यसवर्ष पनि आशंका बढेर गएको वडा नम्बर ९ का वडा अध्यक्ष परमेश्वर साहले बताए । लामखुट्टे नियन्त्रण गर्न १० लाख भन्दा बढी रकम खर्च भएपनि हालसम्म के कस्ता काम भएको आफूहरुलाई कुनै जानकारी नरहेको उनी बताउँछन्। 

नगर क्षेत्रमा दुई चारदिन स्प्रे छर्कनु बाहेक अन्य कुनै काम नभएको उनको कथन छ। दोस्रो नगरपरिषदको बन्द सत्रमा आफूहरुले विरोध गरेपछि नगरप्रमुख लालकिशोर साहले सबै प्रस्ताव पारित भएको भन्दै दश मिनेटमै परिषद सम्पन्न भएको घोषणा गर्न लगाएको उनको आरोप छ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷७६ मा पनि लामखुट्टे नियन्त्रण गर्न १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।