बिहीबार, माघ १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इटालीमा 'यौनिक दृष्टिकोण' बाट महिलाको मूर्ति राखिएको भन्दै हटाउने माग

इटालीमा 'यौनिक दृष्टिकोण' बाट महिलाको मूर्ति राखिएको भन्दै हटाउने माग

१९ औं शताब्दिको एक कविताको सम्मानमा बनाइएको मूर्तिमा कपडा कम लगाएकी महिलालाई प्रस्तुत गरेको भन्दै महिला विरोधी विचारधारा राख्‍नेहरुले विवाद सिर्जना गरेका छन्।
 |  बिहीबार, असोज १४, २०७८

बीबीसी

बीबीसी

बिहीबार, असोज १४, २०७८

रोम- इटालीमा तामाबाट बनाएको एक महिलाको मूर्तिको विषयलाई लिएर विवाद सिर्जना भएको छ। १९ औं शताब्दिको एक कविताको सम्मानमा बनाइएको मूर्तिमा कपडा कम लगाएकी महिलालाई प्रस्तुत गरेको भन्दै महिला विरोधी विचारधारा राख्‍नेहरुले विवाद सिर्जना गरेका छन्। 

National life

उक्त मूर्तिले सेक्सिजम् झल्काएको भन्दै विरोध सुरु भएको हो। मूर्तिमा महिलालाई कम र पारदर्शी कपडा लगाएको देखाइएको छ। मूर्तिमा महिलाको एक हात स्तनमा राखिएको देखाइएको छ। 

केही नेताहरुले उक्त मूर्ति हटाउन माग गरेका छन्। इटालीको दक्षिणी सहर सप्रीमा राखिएको छ। त्यहाँका चर्चित कवि लुइजी मिरकन्तिनीले लेखेको कविता 'ला स्पिगोलात्रिचे दी सप्री' (मेरो लुगामा नछोऊ) को सम्मानमा मूर्ति बनाइएको हो। 

यस मूर्तिलाई लिएर इटालीका राजनीतिक र सामाजिक नेताहरुले विरोध गरिरहेका छन्। सान्स लारा बोलद्रीनीले यस मूर्तिले महिलाको अपमान गरेको बताएकी छन्। 

उनले ट्विटमार्फत भनेकी छन्, 'केही संस्थानहरुले महिलालाई केवल यौनिक दृष्टिकोणले हर्ने गरेका छन्। मूर्तिमा देखाइएको शरीरको रुपमा स्वीकार गरेका छन्। पुरुषवाद इटालीको सबैभन्दा खराब पक्ष हो।'

Laxmi sunrise bank
kumari

उक्त मूर्तिको उद्घाटन आइतबार इटालीका पूर्वप्रधानमन्त्री जोजेप्पे कान्टले गरेका थिए। 

महिला नेतृहरुले भने उक्त मूर्ति हटाउन माग गरेका छन्। महिला अधिकारकर्मीहरुले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'एकपटक फेरि हामी यौनिक दृष्टिकोणबाट बनाइएको मूर्ति हटाउन माग गर्दछौं।'


प्रकाशित: Sep 30, 2021| 22:04 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।