बिहीबार, माघ १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकी कंग्रेसमा पेश गरिएको विधेयकप्रति पाकिस्तानी संसद्‌मा प्रश्‍न

अमेरिकी कंग्रेसमा पेश गरिएको विधेयकप्रति पाकिस्तानी संसद्‌मा प्रश्‍न

संसद्‌मा रिपब्लिकन सिनेटरले उक्त विधेयकमा अफगानिस्तानमा तालिबान कब्जामा पाकिस्तानको पनि भूमिका रहेकोले त्यसको समीक्षा गर्नुपर्ने माग गरेका छन्।
 |  बिहीबार, असोज १४, २०७८

बीबीसी

बीबीसी

बिहीबार, असोज १४, २०७८

इस्लामावाद- अमेरिकी कंग्रेस(संसद्‌)मा पेश गरिएको एक बिल (विधेयक)प्रति आपत्ति जनाउँदै पाकिस्तानी संसद्‌मा प्रश्‍न उठेको छ। संसद्‌मा रिपब्लिकन सिनेटरले उक्त विधेयकमा अफगानिस्तानमा तालिबान कब्जामा पाकिस्तानको पनि भूमिका रहेकोले त्यसको समीक्षा गर्नुपर्ने माग गरेका छन्।

National life

उक्त विधेयकलाई लिएर पाकिस्तानी विपक्षी दल पाकिस्तान पिपल्स पार्टीका नेतासमेत रहेका विदेश मामिला स्थायी समितिका अध्यक्ष शेरी रहमानले पाकिस्तानी विरोधी विधेयक अमेरिकी संसद्‌बाट पारित भएमा पाकिस्तानविरुद्ध आर्थिक प्रतिबन्ध लाग्‍ने बताएकी छन्। 

रहमानले भनिन्, 'पाकिस्तान अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएदेखि नै संकटमा छ। अमेरिकी संसद्‌मा रिपब्लिकन पार्टीका २२ सांसद्ले उक्त विदेयक पेश गरेका हुन्। अफगानिस्तानको विषयलाई लिएर जुन कुरा पाकिस्तान सामना गरिरहेको छ। यस्तो पहिले कहिल्यै भएको थिएन। यसबारे सरकारको तयारी के छ भन्‍ने प्रधानमन्त्री र उनका प्रतिनिधिले जवाफ दिनुपर्छ।' 

भारतस्थित पाकिस्तानी उच्चायुक्त अब्दुल बासितले उक्त विधेयकलाई लिएर पाकिस्तान चिन्तित हुनुपर्ने बताएका छन्। उनले भने, 'यदि यो विधेयक पारित भएका पाकिस्तानका लागि मुश्किल स्थिति सिर्जना हुनसक्छ।' 

शेरीले यस विधेयकले सिधा पाकिस्तानलाई निशाना बनाएको बताएकी छन्। 'अमेरिकामा पाकिस्तान विरोधी भावना बढिरहेको छ। यसको मुख्य कारण अहिलेको सरकार हो। सरकारले यसको जवाफदेहिता बहन गर्नुपर्छ,' उनले थपिन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 30, 2021| 21:40 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।