जनकपुरधाम- प्रदेश २ को सरकारले मधेश आन्दोलनका घाइतेहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्दोलनका घाइतेहरुको प्रकृति हेरी सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
मन्त्रीपरिषदको बैठकले घाइतेहरुको प्रकृति हेरी अधिकतम तीन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारक प्रवक्ता एवम आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले जानकारी दिएका छन्।
त्यसैगरी मन्त्रिपरिषदको बैठकले प्रदेशको प्रशासनिक संरचना सुधार गर्न विद्याधर मल्लिकको अध्यक्षतामा प्रशासनिक संरचना सुधार समिति समेत गठन गर्ने निर्णय गरेको छ।
बैठकले मुख्य न्याधिवक्ताको कार्यालयबाट प्राप्त कानुनी सहायता अधिकृतको नियुक्ति तथा सेवाशर्त सम्बन्धी निर्देशिका २०७५ लाई समेत स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४