काठमाडौं–अत्याधुनिक हतियारको प्रयोगमा अपराधिक गतिविधिमा संलग्न महेशबहादुर सिंहले चलाउने हातहतियार प्रहरीले नियन्त्रणमा लिएको छ ।
हतियारको लाइसेन्स लिएका सिंहले सांगठनिक अपराधका क्रियाकलाप सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।
लाइसेन्स भएका हतियारले नै अपराध मच्चाएको सुचना पाएको प्रहरीले सिंहको घरबार ६ वटा अत्याधुनिक हतियार नियन्त्रणमा लिएको छ ।
अपराध अनुसन्धान माहाशाखाको टोलीले ललितपुर भनिमण्डल ११ स्थित सिंहको घरबाट १२ बोरको सटगन दुई थान, २२ बोरको राईफल चार थान तथा एक सय ३६ थान गोली बरामद गरेको छ ।
आपराधिक गतिविधिबाट संकलन गरेको रकमलाई सिंहले मिटर व्याजमा ऋण लगानी गर्दै आएको पनि खुलेको छ ।
उनी वन्यजन्तुको चोरी सिकारीमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।
सिहले चलाउने हातहतियारहरु हतियार तथा खरखजना ऐन २०१९ को १० अनुसार बिभिन्न समयमा अनुमति लिएको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४