शुक्रबार, मंसिर २२, २०८०
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीका पालिकामा देउवाभन्दा पौडेल दोब्बर, बर्दियामा मिले दुवै समूह

लुम्बिनीका पालिकामा देउवाभन्दा पौडेल दोब्बर, बर्दियामा मिले दुवै समूह

१२ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन परिणाम हुँदा पार्टी सभापति शेरबहादुर देउवा समूह कमजोर देखिएको हो।
 |  बिहीबार, असोज १४, २०७८
averest bankaverest bank

विनोद परियार

विनोद परियार

बिहीबार, असोज १४, २०७८

बुटवल- नेपाली कांग्रेसको १४औं सम्पन्न गाउँ/नगर अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले वर्चस्व कायम गरेको छ। १२ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन परिणाम हुँदा पार्टी सभापति शेरबहादुर देउवा समूह कमजोर देखिएको हो। 

sagarmatha cement

१०९ स्थानीय तह रहेको लुम्बिनीको कपिलवस्तु जिल्लाका पालिकामा बुधबार पालिका अधिवेशनका लागि निर्वाचन भएको छ। मतपरिणम भने अझै सार्वजनिक भई नसकेको कांग्रेस निर्वाचन समिति कपिलवस्तुले जानकारी दिएको छ।

पार्टीभित्रको क्रियाशील सदस्यतालगायतका विषयमा आन्तरिक विवादका कारण बाँके र गुल्मीमा पालिकाको अधिवेशन रोकिएको छ। सम्पन्न ९ जिल्लाका पालिकामध्ये ५५ पालिका अध्यक्षमा पौडेल समूहका नेता सभापतिमा निर्वाचित भएका छन् भने संस्थापन (देउवा) समूहमा २२ सभापति निर्वाचित भए। 

बर्दियामा भने जिल्ला तहमा पौडेल र देउवा समूह निकट रहेका नेताहरूबीच गठबन्धन बनेको थियो। जहाँ दुवै समूहको गठबन्धनबाट ५ जना पालिका सभापति निर्वाचित भएका छन्। 

पाल्पाको पूर्वखोला गाउँपालिकामा विष्णुकुमारी आचार्य सभापतिमा सर्वसम्मत भएर लुम्बिनीमै पहिलो कांग्रेसको सर्वसम्मत पालिका सभापतिको रेकर्ड कायम गरेकी छन्। 

worldlink

कांग्रेस नगर सभापति चुन्न मतदानका लागि लागेको लाइन। 

अधिकांश पालिका सभापतिको समूह खुले पनि केही पालिका सभापतिले भने आफ्नो पक्षधरता गोप्य राख्न सफल भएका छन्। रुपन्देहीको कञ्चन गाउँपालिका र ओमसतियाका पालिका सभापति कुनै पनि पक्षमा खुलेका छैनन्। अर्घाखाँचीको पाणिनी गाउँपालिकाका सभापति पनि खुलेका छैनन्। प्यूठानको नगरपालिका र झिमरुक नगरपालिकाका सभापति कुन पक्षका हुन् भन्ने टुंगो लागेको छैन। 

बर्दियाको मधुवन गाउँपालिकाको अधिवेशन हुन बाँकी छ। रुपन्देहीमा देउवा समूह हाबी भएपनि अन्य जिल्लामा कमजोर देखिएको हो। अब गुल्मीका १० र बाँकेका ८ पालिकामा अधिवेशन हुन बाँकी छ। 

रुपन्देही

कांग्रेस राजनीतिमा महत्वपूर्ण मानिने एक जिल्ला रुपन्देहीमा संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्ष नै बलियो देखिएको छ। रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये ७ वटामा निर्विरोध र ९ वटा स्थानीय तहमा प्यानलगत प्रतिस्पर्धा भएको थियो।


बुटवल उपमहानगर, देवदह, कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिका सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट पालिका सभापति निर्वाचित भएका छन्। तिलोत्तमा नगरपालिकासहित १० स्थानीय तहमा भने संस्थापन पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेता पालिका सभापतिमा निर्वाचित भएका छन्। 

पाल्पा 

पाल्पामा नेपाली कांग्रेसमा संस्थापन पक्ष निकै कमजोर देखिएको छ। १० स्थानीय तहमध्ये ९ तहको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष विजयी भएका छन्। रिब्दीकोट गाउँपालिकामा मात्रै देउवा पक्षका सभापति निर्वाचित भए। 

त्यस्तै पाल्पाको पूर्वखोला गाउँपालिकामा विष्णुकुमारी आचार्य सभापतिमा सर्वसम्मत भएर लुम्बिनीमै पहिलो सर्वसम्मत पालिका सभापतिको रेकर्ड कायम गरिन्। 

दाङ 

१० पालिका रहेको दाङमा दुवै समूहले बराबार पालिका सभापतिमा जित हासिल गरेको छ। अधिकांश यूवा पालिका सभापतिमा आएका छन्। १० मध्ये ५/५ पालिकामा पौडेल र देउवा समूहका सभापति निर्वाचित भएका छन्। 


प्यूठान

प्यूठानमा पनि पौडेल पक्ष नै हाबी देखिएको छ। ९ स्थानीय तह रहेको प्यूठानमा पौडेल पक्षका ५ र देउवा पक्षका २ पालिका सभापति निर्वाचित भए। बाँकी २ स्थानीय तहका सभापति कुनै पनि पक्षमा खुलेका छैनन्। 


 प्यूठानका नेताहरु केन्द्रीय नेताभन्दा पनि स्थानीय नेताहरुको प्रभावमा परेका हुन्। पौडेल पक्षमा देखिएका भनिएका सबै सभापति पूर्व संस्थापन अर्थात् कोइराला पक्षमा खुलेको एक नेताले बताए। 

रोल्पा

१० स्थानीय तह रहेको रोल्पाका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। रोल्पामा पौडेल पक्षका सभापति विजयी भएका हुन्। पौडेल निकटका पार्टी सभापति अमर पुनले १० वटै स्थानीय तहका सभापति सर्वसम्मत चयन गरिएको बताए। पुन आफै पौडेल पक्षका भएकाले सबै पौडेल समूहका भएको नेताहरु बताउँछन्।


 रुकुम पूर्व

लुम्बिनीमा सबैभन्दा कम स्थानीय तह रहेको जिल्ला हो रुकुम पूर्व। तीन स्थानीय तह रहेको रुकुम पूर्वका पालिका सभापतिहरु कुन पक्षका भनेर स्पष्ट नखुले पनि तीनै जना वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भएको कांग्रेसका नेताहरू बताउँछन्। 


 नवलपरासी पश्चिम

७ वटा स्थानीय तह रहेको नवलपरासी पश्चिममा पनि पौडेल पक्ष नै हावी भएको छ। ५ पालिका सभापति पौडेल र २ जना देउवा पक्ष निर्वाचित भएका छन्। देउवा पक्षका नेता देवेन्द्रराज पाण्डे र पौडेल पक्षमा रहेका कांग्रेस महामन्त्री डा. शंशाक कोइराला पक्षका विक्रम खनाल पक्षका उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। 


 बर्दिया

नेपाली कांग्रेसको महाधिवेशनका सवालमा विवादित जिल्ला मध्येमा बर्दिया पनि एक हो। अन्तिम समयमा बर्दियामा कांग्रेसको क्रियाशील विवाद टुंगिएपछि अधिवेशन भएको थियो। ८ वटा स्थानीय तह रहेको बर्दियामा फरक गठबन्धन बनेको छ।


केन्द्रीय तहमा पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विभाजित भइरहेको बेला बर्दियामा भने रामचन्द्र पौडेल पक्षका नेता सञ्जय गौतम र देउवा पक्षीय मंगलप्रसाद थारू समूहबीच गठबन्धन बनेको थियो। पौडेल समूहकै नेविसंघका पूर्व केन्द्रीय सभापति महेन्द्र शर्मा, पूर्व पार्टी सचिव तेजबहादुर भाट र नेता परशुराम थारू समर्थित उम्मेदवारसँग प्रतिस्पर्धा भएको थियो।

अर्घाखाँची

६ स्थानीय तह रहेको अर्घाखाँचीका ५ पालिकामा पौडेल समूहका उम्मेदवार पालिका सभापति बनेका छन् भने पाणिनी गाउँपालिका सभापतिको पक्षधरता खुलेको छैन। 


प्रकाशित: Sep 30, 2021| 06:20 बिहीबार, असोज १४, २०७८
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।