बिहीबार, चैत २८, २०८१

अमेरिकामा २५ सय सेना राख्‍ने सल्लाह किन मानेनन् बाइडेन?

जनरल मिल र जनरल फ्र्यांक म्याकेन्जीले अमेरिकी संसद्‌मा राष्ट्रपतिलाई सेना अफगानिस्तानमा राख्‍न सल्लाह दिएको भए पनि उक्त सल्लाह यसअघि गरिएको सहमति विपरीत हो।
 |  बुधबार, असोज १३, २०७८
nespernesper

बीबीसी

बीबीसी

बुधबार, असोज १३, २०७८

vianetvianet

वाशिङ्टन- अमेरिकी सेनाका सेना प्रमुख जनरल मार्क मिलेले राष्ट्रपति जो बाइडेनलाई करिब दुई हजार ५०० सेनालाई अफगानिस्तानमा नै राख्‍न सल्लाह दिएको बताएका छन्। तर, उक्त सल्लाह राष्ट्रपति जो बाइडेनले अस्वीकार गर्दै अगस्त ३१ मा अमेरिकी सेनाको अन्तिम टोली स्वदेश फर्किएको थियो। 

triton college

जनरल मिल र जनरल फ्र्यांक म्याकेन्जीले अमेरिकी संसद्‌मा राष्ट्रपतिलाई सेना अफगानिस्तानमा राख्‍न सल्लाह दिएको भए पनि उक्त सल्लाह यसअघि गरिएको सहमति विपरीत हो। यसअघि दोहामा तालिबान र अमेरिकामा भएको बृहत् शान्ति सम्झौता अनुसार अमेरिकाले आफ्नो सेना फिर्ता लिएको हो। 

राष्ट्रपति बाइडेनले पनि यसअघि नै अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेका थिए। अमेरिकी सेना फिर्ता नगर्दा आफ्नो घोषणा र त्यसअघिको सम्झौता विपरीत हुने भएकोले फिर्ता गर्नुपरेको बताइएको छ। 

तालिबानले अगस्त १५ मा काबुलमा  कब्जा गर्नुअघि विभिन्‍न प्रान्तहरुमा आक्रमण गरिरहेको थियो। तालिबान आक्रमण बढ्दा जाँदा जति चाँडो अफगानी राष्ट्रपति असरफ घानीले मुलुक छोडे र तालिबानले काबुल कब्जा गर्‍यो, अमेरिका त्यो कुराले चकित भयो। 

अमेरिकी संसदीय समितिमा रक्षामन्त्री लोयड अस्टिनसहित दुई जनरलहरुलाई सांसद्‌हरुले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको कारण र अमेरिकाको अवस्थाबारे जवाफ माग गरेका थिए। 

National life insurance

अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख जनरल म्याकेन्जीले पनि १९ अगस्तमा २५ सय सेना अफगानिस्तानमा नै राख्‍नुपर्ने सुझाव दिएको बताएका छन्। 

राष्ट्रपति कार्यालयका प्रवक्ता नेज साकीले उक्त अभिव्यक्तिमा टिप्पणी गर्दै राष्ट्रपति जोइन्ट चि अफ स्टाफ भएकोले सेनाको सल्लाह मान्ने भए पनि सबै कुरामा सहमत हुनुपर्ने जरुरी नभएको बताएका छन्। 

उनले यदि अमेरिका अगस्तपछि पनि अफगानिस्तानमा भएको भए अहिले पनि अमेरिका तालिबानसँग युद्ध लडिरहेको हुने बताएका छन्। उनले अमेरिकी सेना फिर्तापछि युद्धको अवस्थाबाट जोगिएकोसमेत बताएका छन्। 

प्रकाशित: Sep 29, 2021| 22:35 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।