शुक्रबार, वैशाख १८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • चिनियाँ ऋण र लगानी: विश्‍वभर १३ हजार परियोजनामा ८४३ बिलियन डलर

चिनियाँ ऋण र लगानी: विश्‍वभर १३ हजार परियोजनामा ८४३ बिलियन डलर

चीनले विश्‍वभर आफ्नो लगानी विस्तार गर्दै गएपछि चिनियाँ लगानीप्रति संशय पैदा भएको छ। चीनले अमेरिकासहित अन्य शक्ति राष्ट्रको भन्दा करिब दोब्बर लगानी गरिरहेको पाइएको छ।
 |  बुधबार, असोज १३, २०७८

बीबीसी

बीबीसी

बुधबार, असोज १३, २०७८

बेइजिङ- चीनले विश्‍वभर आफ्नो लगानी विस्तार गर्दै गएपछि चिनियाँ लगानीप्रति संशय पैदा भएको छ। चीनले अमेरिकासहित अन्य शक्ति राष्ट्रको भन्दा करिब दोब्बर लगानी गरिरहेको पाइएको छ। 

National life

चिनियाँ स्टेट बैंकबाट उच्च ब्याजदरमा उक्त रकम लगानी गरिएको बीबीसीले जनाएको छ। केही दशकअघि मात्रै चीनले विदेशी सहायता लिने गर्थ्यो। तर, अहिले उक्त आँकडा उल्टिएर चीनले विश्‍वभरका विभिन्‍न परियोजनामहरुमा लगानी गरिरहेको छ। 

पछिल्लो १८ वर्षको अवधिमा चीनले १३ हजार ४२७ परियोजनाका लागि ऋण र अनुदानमा ८४३ बिलियन अमेरिकी डलर खर्च गरेको छ। विश्‍वभरका १६५ मुलुकहरुमा चिनियाँ लगानीमा परियोजनाहरु सञ्‍चालनमा छन्। 



उक्त लगानीको अधिकांश अंश चिनियाँ राष्ट्रपति सी जिन पिङको महत्वाकांक्षी बेल्ट एन्ड रोड परियोजनामा लगानी गरिएको पाइएको छ। सन् २०१३ मा सुरु गरिएको उक्त परियोजना अन्तर्गत नयाँ व्यापारिक रुट निर्माण गरिरहेको छ। 

तर, उच्च ब्याजदरको चिनियाँ ऋणका कारण भविष्यमा ऋण लिएका मुदुकहरु संकटमा पर्नसक्ने चेतावनी दिइएको छ। चिनियाँ एड रिसर्चमा करिब चार वर्षक काम गरेका एक चिनियाँ अधिकारीले चीनको विश्‍वव्यापी ऋण र लगानीलाई चीन सरकारले चिनियाँ पैसा कसरी प्रयोग भइरहेको छ भन्‍ने कुराको नियमित अनुगमन गरिरहेको बताएका छन्।


प्रकाशित: Sep 29, 2021| 22:05 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।