सोमबार, असार २९, २०८३

धान रोप्दा रौप्दै श्रीमतीको हत्या !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भीमदत्तनगर- घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका-८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् । 

मंगलबार बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उनका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले जानकारी दिए ।  

'बिहान घरबाट धान रोप्नसँगै निस्केका रहेछन्,' घटनास्थलबाट प्रहरी सहायक निरीक्षक ऐरले भने, 'खेतमै श्रीमतीको टाउकोमा हिर्काएको देखियो ।' केशव कार्की सशस्त्र प्रहरीका जागिरे रहेको उनले बताए । 

हत्या अभियोगमा कार्कीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुर्‍याइएको छ । 

प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार हत्या आरोपमा पक्राउ परेका कार्की सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय लमहीका सहायक हवल्दार हुन् ।  रासस 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।