सोमबार, कात्तिक १७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • उत्तर कोरियाले भन्‍यो- नयाँ 'हाइपरसोनिक मिसाइल'को परीक्षण सफल

उत्तर कोरियाले भन्‍यो- नयाँ 'हाइपरसोनिक मिसाइल'को परीक्षण सफल

उत्तर कोरियाले नयाँ हाइपरसोनिक मिसाइल प्रहार गरेको बताएको छ। उत्तर कोरियाले मंगलबार नयाँ हाइपरसोनिक मिसाइल वासङ-८ को सफल परीक्षण गरेको जनाएको हो।
 |  बुधबार, असोज १३, २०७८

बीबीसी

बीबीसी

बुधबार, असोज १३, २०७८

प्योङयाङ- उत्तर कोरियाले नयाँ हाइपरसोनिक मिसाइल प्रहार गरेको बताएको छ। उत्तर कोरियाले मंगलबार नयाँ हाइपरसोनिक मिसाइल वासङ-८ को सफल परीक्षण गरेको जनाएको हो। 

Kumaribank

उत्तर कोरियाको सरकारी सञ्‍चारमाध्यम केसीएनएका अनुसार नयाँ मिसाइल नयाँ पाँच महत्वपूर्ण हतियार प्रणालीमध्येको एक हो। पाँच वर्षीय सैन्य विकास योजना अन्तर्गत उक्त मिसाइल बनाइएको र सफल परीक्षण गरिएको जनाएका छन्। 

प्रतिबन्धका बीच मंगलबार परीक्षण गरिएको मिसाइलले प्योङयाङको हतियार प्रविधिमा वृद्धि भइरहेको संकेत गरेको जनाइएको छ। केसीएनएले भनेको छ, 'यो हतियार प्रणालीको विकासले राष्ट्रको आत्मरक्षाको प्रणाली बलियो हुँदै गएको छ।'

उत्तर कोरियाली विश्लेषक अंकित पाण्डाले मंगलबार गरिएको मिसाइल परीक्षण गर्नुको अर्थ उत्तर कोरियाले पहिलो पटक नयाँ हतियार विश्‍वलाई देखाएको बताएका छन्। 

गत जुलाईमा रुसले पनि हाइपरसोनिक मिसाइलको सफल परीक्षण भएको दाबी गरेको थियो। अमेरिका, रुस, चीन र भारतसँग हाइपरसोनिक मिसाइल भएको बीबीसीले जनाएको छ। 

Metro Mart

प्रकाशित: Sep 29, 2021| 23:00 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।