सोमबार, चैत ४, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • अख्तियारले भ्रामक समाचारको पछि लागेर छापा मार्‍यो: मुख्यमन्त्री राउत

अख्तियारले भ्रामक समाचारको पछि लागेर छापा मार्‍यो: मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रामक समाचारको पछि लागेर मुख्यमन्त्री कार्यालयमा छापा मारेको आरोप लगाएका छन्।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रामक समाचारको पछि लागेर मुख्यमन्त्री कार्यालयमा छापा मारेको आरोप लगाएका छन्। 

health

'बेटी पढाउ बेची बचाउ' अभियानअन्तर्गत वितरण गरिएको साइकल खरिदमा अनियमितता भएको भन्‍ने समाचार प्रकाशन-प्रसारण भएपछि अख्तियारको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले बुधबार मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको थियो। 

अख्तियारले छापा मारेपछि आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले साइकल खरिद सार्वजनिक खरिद ऐनअनुसार नै गरिएको दाबी गरे। 

उनले भने, ‘प्रदेश सरकारले विधि र प्रक्रिया पूरा गरी साइकल खरिद गरेको हो। अख्तियारले भ्रामक समाचारको पछि लागेर छापा मारेको छ।’ मुख्यमन्त्री राउतले मुख्यमन्त्री कार्यालय सुशासन कायम गर्नका लागि प्रतिबद्ध रहेको बताए।

राउतले अख्तियारको कार्यशैलीमाथि आफूले प्रमुख आयुक्त प्रेम राईसँग पनि कुरा गरेको जानकारी दिए। ‘अख्तियारको यस्तो कदमलाई प्रमुख आयुक्त राईले पनि गलत भन्‍नुभएको छ,’ राउतले भने। 

राउतले यस्तो कदमलाई आफूले कुनै पनि हालतमा स्वीकार्न नसक्ने पनि बताए। उनले भने, ‘यो प्रदेश सरकारलाई बदनाम गर्ने षड्यन्त्र हो। मुख्यमन्त्री र मुख्यमन्त्री कार्यालयलाई बदनाम गराउने चाल हो।’ 

उनले केही व्यक्तिहरु योजनाबद्ध रुपमा मुख्यमन्त्री र प्रदेश सरकारविरुद्ध रहेको बताए।


प्रकाशित: Sep 29, 2021| 18:09 बुधबार, असोज १३, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।