सोमबार, असार २९, २०८३

तातोपानी नाका खोल्न चीन सहमतः प्रधानमन्त्री 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले  भुकम्पपपछि बन्द भएको तातोपानी नाका खोल्न चीन सरकार सहमत भएको बताएका छन् ।  आफ्नो ६ दिने चीन भ्रमणका बारेमा जानकारी दिन मंगलबार संसदमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 

‘नेपाल चीनबीच  इतिहासमा सबै भन्दा महत्वपूर्ण ऐतिहासिक समझदारी भएको छ,  नेपाल र चीनबीच पारवाहनको प्रोटोकल जुलाईमा टुग्याउने सहमति भएको छ’ प्रधानमन्त्रीले भने । 

‘तातोपानी नाका चाँडै खोल्ने विषयमा चीन सहमत भएको छ,’ प्रधानमन्त्रीले भने, ‘चीनमा नेपाली वस्तु निर्यत गर्न र  आपसी सहमतिमा थप ब्यापारिक नाका खोल्न दुबै पक्ष सहमत भएका छन् ।’

उनले चारसय छात्रवृति बढाउन चीन सकारात्मक  भएको र  चीनको राष्ट्रपतिले चाँडै नेपालको भ्रमण गर्ने आशा गरेको बताए।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।