शुक्रबार, कात्तिक ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • अख्तियारको टोलीद्वारा प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा

Siddartha premir insuranceSiddartha premir insurance

अख्तियारको टोलीद्वारा प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा

प्रदेश २ सरकारको विभिन्‍न योजनामा व्यापक अनियमितता भइरहेको समाचारहरु बाहिरिरहेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ।
 |  बुधबार, असोज १३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

जनकपुरधाम- प्रदेश २ सरकारको विभिन्‍न योजनामा व्यापक अनियमितता भइरहेको समाचारहरु बाहिरिरहेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ।

triton college

अख्यितार दुरुपयोग अनुसन्धान आयोगबाट खटेको टोली बुधबार दिउँसो छापा मारेको हो। प्रदेश सरकारले साइकल खरिदमा व्यापक अनियमितता गरेको उजुरीका आधारमा अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामारेको जनाइएको हो।

उजुरीको सम्बन्धमा स्थलगत रुपमा छानबिनका लागि अख्तियारको टोली मन्त्रिपरिषद्को कार्यालयमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए।

साइकल खरिदमा प्रदेश सरकारले व्यापक अनियमितता गरिरहेको समाचारहरु पटक-पटक प्रकाशन-प्रसारण भएका थिए। बेटी पढाउ बेची बचाउ अभियान अन्तर्गत सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई प्रदेश सरकारले साइकल वितरण गर्दै आइरहेको छ। 

यो अभियान मुख्यमन्त्री कार्यालयअन्तर्गत सञ्‍चालित रहेको छ।

Metro Mart
vianet

नेपालको ७ वटै प्रदेशमध्ये मुख्यमन्त्री कार्यालयमा छापामारी भएको प्रदेश २ मा पहिलो पटक हो। यसअघि सामाजिक विकास मन्त्रालयमा पनि अख्तियारले छापामारेको थियो। 

स्रोतका अनुसार अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयको 'बेटी पढाउ, बेची बचाउ' अभियानसँग सम्बन्धित फाइलहरु नियन्त्रणमा लिएको छ।

प्रकाशित: Sep 29, 2021| 16:06 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।