सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुग्लिनको पहिरोले काठमाडाैंमा 'नाकाबन्दी' ( भिडियाेसहित )

मुग्लिनको पहिरोले काठमाडाैंमा 'नाकाबन्दी' ( भिडियाेसहित )

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चितवन- मंगलबार बिहान मुग्लिन सडकखण्डअन्तरगत कालीखोला र तीनकिलोबीचमा सिंगै डाँडा खस्यो ।  संयोग नै मान्नुपर्छ, बिहान सबैरैको समय भएकाले त्यसमा कुनै धनजनको क्षती भएन। तर, पहिरो गएको आठ  घण्टा बित्दा पनि सरकारले बाटो खुलाउन सकेको छैन । यद्यपि, प्रयास जारी रहेको बताइएको छ।  यति लामो समयसम्म सो सडक अवरुद्ध हुँदा  काठमाडौंमा एक किसिमको नाकाबन्दीजस्तो भएको छ । 

 मंगलबार पूरै डाँडै खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको हो । सडकखण्डको कालीखोला र तीनकिलोको बीचमा रहेको तोपखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

पहिरो बिहान करिब ४ बजे खसे पनि पन्छाउने काम भने करिब ७ बजेपछि मात्रै शुरु भएकाे थियाे ।  पूरै डाँडो खसेकाले  पहिरो पन्छाउन दिनभरजसो लाग्नसक्ने प्रहरीको अनुमान छ ।



सडकअवरुद्ध भएसँगै सयौं सवारी र हजारौं यात्रु बाटोमै अलपत्र परेका छन् । जाममा परेका गाडीको लाइन दुवैतर्फ गर्दा करिब ३० किलोमिटर टाढासम्म पुगेको छ । पहिरो पन्छाउन दिनभरजसो लाग्ने देखिएपछि थकित यात्रु निराश देखिएका छन् ।

सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय-समयमा खस्ने पहिरोका कारण जोखिमपूर्ण छ । यस सडकखण्डमा दिनहुँजसो पहिरो खस्ने गरेको छ ।

यो पनि पढ्नुहोस् :

 

नारायणगढ-मुग्लिन सडक : पहिरो हट्यो, जाम खुलेन

 

नारायणगढ-मुग्लिन सडक खुल्न अझै दुई घन्टा

 


फाेटाे फिचर







 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।