मंगलबार, चैत ५, २०८१

प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

अख्यितार दुरुपयोग अनुसन्धान आयोगबाट खटेको टोली बुधबार दिउँसो छापा मारेको हो।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

जनकपुर- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा छापा मारेको छ। बुधबार अख्तियारको टोलीले जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको हो। 

health

सरकारका विभिन्न योजनामा व्यापक अनियमितता भइरहेको भन्दै समाचार बाहिरिरहेका बेला  अख्तियार टोलीले छापा मारेको हो। बेटी पढाउ बेटी बचाउ अभियानका लागि बालिकाहरूलाई वितरण गर्न खरिद गरिएका साइकलमा अनियमितता गरेको भन्दै प्रदेश २ सरकारको व्यापक आलोचना भएपछि अख्तियारमा उजुरी परेको थियो। 

उजुरीको सम्बन्धमा स्थलगत रुपमा छानबिनका लागि अख्तियारको टोली मन्त्रिपरिषद् कार्यालय पुगेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन्। अख्तियारले 'बेटी पढाउ बेटी बचाउ' अभियानसँग सम्बन्धित फाइल नियन्त्रणमा लिएको बताइएको छ।

अभियान मुख्यमन्त्री कार्यालय अन्तर्गत सञ्चालित रहेको छ। प्रदेशहहरुमध्ये प्रदेश २ को कार्यालयमा अख्तियारले पहिलो पटक छापा हानेको हो। यसअघि सामाजिक विकास मन्त्रालयमा पनि अख्तियारले छापा मारेको थियो। 

प्रकाशित: Sep 29, 2021| 14:37 बुधबार, असोज १३, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।