शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दरबार हाइस्कुलमा डिजिटल शिक्षा विकास गर्न सनराइज बैंकको सहयोग

दरबार हाइस्कुलमा डिजिटल शिक्षा विकास गर्न सनराइज बैंकको सहयोग

सनराइज बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्ने क्रममा बैंकले जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काठमाडौं– सनराइज बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्ने क्रममा बैंकले जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ। 

कोभिड १९ ले शैक्षिक संस्थाहरु पूर्णरुपले संचालन गर्न नसकिएको हालको अवस्थामा केही निजी विद्यालयहरुले डिजिटल कक्षाहरु संचालन गर्दै आएका छन् तर सरकारी विद्यालयहरुमा भने डिजिटल कक्षाहरु संचालन गर्न पर्याप्त सोतसाधान र प्रविधिको अभाव रहेको छ । 

यसै कुरालाई मध्यनजर गदै सनराइज बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाइ स्कुल अन्तर्गतको संस्कृत माध्यमिक विद्यालयलका शिक्षकहरुका लागि ल्यापटप खरिद गरी आवश्यक तालिम संचालन गर्न जोन्ता क्लब काठमाडौलाई दुई लाख रुपैयाँ सहयोग गरेको छ । सनराइज बैंकले यस अघि पनि दरबार हाई स्कूल अन्तर्गतको भानु मा.वि.का विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौलाई तीन लाख रुपैयाँ सहयोग गरेको थियो ।

मंगलबार दरबार हाई स्कुल रानी पोखरीमा भएको एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले सस्ंकृत माध्यमिक विद्यालयलका प्रधानअध्यापक शिव राज अधिकारीको उपस्थितीमा जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालार्ई चेक हस्तान्तरण गरेका थिए।


प्रकाशित: Sep 29, 2021| 12:45 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्