बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेशसभाको २० गते बस्ने बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

प्रदेशसभाको २० गते बस्ने बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन्। जसपा विभाजन भएको १ महिनाभन्दा बढी समय भइसकेको अवस्थामा असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिने तयारी गरेका हुन्।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन्। जसपा विभाजन भएको १ महिनाभन्दा बढी समय भइसकेको अवस्थामा असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिने तयारी गरेका हुन्। 

National life

मुख्यमन्त्री राउतले दल विभाजन भएको महिना दिनपछि पनि विश्वासको मत नलिएको आलोचना हुन थालेपछि विश्वासको मत लिने तयारी गरेका हुन्। संविधानको धारा १८८ को उपधारा २ अनुसार दल विभाजन भएको ३० दिन भित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रदेश २ सरकारमा अहिले जसपा, नेपाली कांग्रेस र माओवादी केन्द्र सामेल छ। नेकपा एकीकृत समाजवादीको सरकारलाई समर्थन छ। त्यस्तै जसपाबाटै अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमाले विपक्षमा रहने जनाएको छ। १ सय ७ सदस्यीय प्रदेशसभामा अहिले १ सय ४ जना प्रदेशसभा सदस्य प्रतिनिधित्व गरिरहेका छन्। 

प्रदेशसभामा जसपाका ३९, नेपाली कांग्रेसका १९, लोसपा १६, नेकपा (एस)का १३, नेकपा एमाले तथा माओवादी केन्द्र ८/८ र नेपाल संघीय समाजवादी पार्टीसँग १ प्रदेशसभा सदस्य छन्। 

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट असोज २० गते प्रदेशसभा बैठक आह्वान गर्ने तयारी गरिएको हो। प्रदेशसभा बैठक गत जेठ २९ गते यता बस्न सकेको छैन।

Shivam cement

प्रकाशित: Sep 29, 2021| 09:45 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।