बिहीबार, माघ १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तान : ईश्‍वर निन्दाको मुद्दामा 'मानसिक सन्तुलन बिग्रिएकी' एक महिलालाई मृत्युदण्ड

पाकिस्तान : ईश्‍वर निन्दाको मुद्दामा 'मानसिक सन्तुलन बिग्रिएकी' एक महिलालाई मृत्युदण्ड

पाकिस्तानको लाहोरस्थित एक अदालतले ईश्‍वर निन्दाको अभियोगमा दोषी ठहर गर्दै मानसिक सन्तुलन बिग्रिएकी एक महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ। उनलाई ५० हजार जरिवाना तिर्नुपर्नेसमेत आदेश गरेको छ।
 |  मंगलबार, असोज १२, २०७८

बीबीसी

बीबीसी

मंगलबार, असोज १२, २०७८

इस्लामावाद- पाकिस्तानको लाहोरस्थित एक अदालतले ईश्‍वर निन्दाको अभियोगमा दोषी ठहर गर्दै मानसिक सन्तुलन बिग्रिएकी एक महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ। उनलाई ५० हजार जरिवाना तिर्नुपर्नेसमेत आदेश गरेको छ। 

National life

दोषी ठहर गरिएकी ती महिलाले अबको सात दिनमा आफूलाई सुनाइएको सजायविरुद्ध लाहोर उच्च अदालतमा अपिल गर्न सक्नेछन्। 

उनले भने, 'महिलाविरुद्धको पाकिस्तानी दण्ड सजाय संहिता धारा २९५ सी अन्तर्गत ईश्‍वर निन्दाको आरोपमा २०१३ मा निश्‍तार कोलनी प्रहरी चौकीमा मुद्दा दर्ता भएको थियो। 

अतिरिक्त सत्रका न्यायाधीश मन्सुर अहमद कुरेशीले सोमबार सुनुवाई भइसकेपछि उक्त मुद्दामा सुनुवाई गर्दै ती अभियुक्त मानसिक बिरामी भएको बताएका थिए। 

उनले भने, 'यस किसिमको गम्भीर अपराधलाई छुट दिनका लागि मानसिक बिरामीको आधार काफी छैन। कानुनले यसलाई मान्यता दिन सक्दैन।

Laxmi sunrise bank
kumari

२ सेप्टेम्बर २०१३ मा जामिया मस्जिद बहादुरवादमा बेलुका करिब ६ बजे सलमा तनविरले ईश्‍वर निन्दाको सामग्री लेखेको बताइएको थियो। 


प्रकाशित: Sep 28, 2021| 23:35 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।